Logo

सुन व्यापारीको गोली हानि हत्या

स्तावेज संवाददाता, आश्विन २५ गते बुधबार, २०७४, काठमाडौँ –निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको राजधानीको नयाँ वानेश्वरमा गोली हानि हत्या भएको दुई दिन बित्न नपाउँदै फेरि अर्का सुन व्यापारीको हत्या भएको छ । 

 सर्लाहीको कविलासीमा सुन व्यापारी सुनील शाहको गोली हानी हत्या भएको हो  । सर्लाहीको पीडारीमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका कविलासी नगरपालिका नपा वडा ३ बस्ने उनलाई पसल बन्द गरेर घर फर्कने क्रममा तीन जनाको अज्ञात समूहले  गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । मृत शाहको शव मलंगवा अस्पतालमा राखिएको छ। यता अज्ञात समूहले मंगलबार साँझ सप्तरीको सुरुगा नगरपालिकास्थित त्रियुगा डिस्ट्रलरीका सुरक्षागार्ड माथि पनि गोली प्रहार गरेको छ । 

साँझ ७ बजेतिर आएको समूहले डिस्ट्रलरीको गेटमा बसिरहेका सुरक्षागार्ड मोरङको सुन्दर हरैचा नगरपालिका–६ निवासी २५ वर्षीय नवराज कोइरालामाथि गोली प्रहार गरेका हुन् । गोली लागेर घाइते भएका सुरक्षागार्ड कोइरालालाई उपचारको लागि लहानस्थित सप्तऋषि नर्सिङहोम पठाइएको इप्रका कडरबोनाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । घटनामा संलग्नहरुको खोजी तीव्र बनाइएको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्