Logo

प्रहरीलाई पूर्वसूचना हुँदाहुँदै मारिए गौचन !

स्तावेज संवाददाता, आश्विन २४ गते मंगलबार, २०७४ – काठमाडौं झन् झन् असुरक्षित भइरहेको छ भन्ने पछिल्ला केही घटनाले स्पष्ट पार्छ । गत पुसमा गोली हानी युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या गरेको आरोपमा पक्राउ परेका नौ जना पुर्पक्षका लागि अहिले जेलमा छन् । माघमा पक्राउ परेलगत्तै उनीहरूले प्रहरीलाई सूचना दिएका थिए, ‘मनोज पुन: नेतृत्वमा रहेको हाम्रो समूहले अब काठमाडौं ताक्दैछ।’ पुनका सहयोगीहरूले दिएको सूचनालाई वेवास्ता गरी सो समूहमाथि हस्तक्षेप हुन नसक्दा सोमबार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भयो, त्यो पनि दिन दहाडै ।

राजधानीको मुटु वानेश्वरको शन्तिनगर क्षेत्रमा उनीमाथि गोली प्रहार भएको छ । गोली लागेसँगै निजामती अस्पताल पुर्याईएका गौचनको चिकित्सकले गोली निकालेसँगै निधन भएको थियो । राजधानीको सामाखुसीमा कार्यलय रहेका गौचन शान्तिनगर हुँदै त्यसतर्फ जाँदै थिए । तर बाटो ढुकेर बसेका ‘सुटर’ले उनीमाथि गोली चलाएका थिए । 

                                        गौचनलाई गोली लागेपछि सडकमा बढेको भिड

प्रत्यक्षदर्शीका अनुसार गाडीमा सवार गौचनमाथि गोली चलाउनुभन्दा पहिला उनको गाडीमा ढुंगा हानिएको र लगत्तै तीन गोली प्रहार गरिएको थियो । गौचनको टाउको, छाती र वायाँ कोखामा गोली लागेको थियो । हत्याको करिब आधाघन्टामा प्रहरीले मनमैजुमा पेस्तोल र ३ राउन्ड गोलीसहित काभ्रेका छिरिङ तामाङ, दिलिप लामा र सञ्जय तामाङलाई पक्राउ गरेको छ । तर, उनीहरु गौचन हत्याका सुटर हुन् या हैनन्, प्रहरी निष्कर्षमा पुग्न सकेको छैन ।

                              आक्रमणबाट क्षतविक्षत भएको कार

काठमाडौंका प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकलाई सो समूहका लोप्साङ तामाङले फोन गरी घटनाको जिम्मेवारी लिइसकेका छन् । केही महिनाअघि दावा लामामाथि गोली हानेको घटनामा पनि उनैले फोन गरेर जिम्मेवारी लिएका थिए। घटनाको प्रकृतिपनि भारतमा बसेर नेपालमा असुली आतंक मच्चाउँदै आएको मनोज पुनसँग मिल्छ।

            पतिको निधन भएपछि अस्पताल परिसरमा भावविह्वल हुँदै पत्नी आशा गौचन

सो समूहले केही महिनायता ठूला ठेकेदारहरूलाई धम्क्याउँदै गोली हानेर तर्साउने र पछि पैसा माग्ने गरेको छ। बुटवलमा पनि तिवारीको हत्यापछि व्यापारीहलाई धम्क्याउँदै उनीहरूले करोडौं रुपैयाँ असुलेका थिए । सुरक्षाको दृष्टिकोणले गौचनलाई गोली हानी सहजै भाग्न सफल हुनु पनि प्रहरीको गम्भीर त्रुटि हो। राजधानीको मुख्य क्षेत्रबाटै उनीहरू भाग्न फल भए । कतिसम्म भने घटना भएको १५ मिनेटपछि मात्र प्रहरी त्यहाँ पुगेको थियो। नजिकै सर्वोच्च अदालतका न्यायाधी आनन्दमोहन भट्टराईको घरको सुरक्षार्थ बसेका प्रहरीले पनि आक्रमणकारीलाई पक्राउ गर्न तदारुकता देखाएका छैनन्।

 

प्रतिक्रिया दिनुहोस्