Logo

केसर हालेको दूध पुरुषहरूका लागि लाभदायक

 स्तावेज,आश्विन १६  सोमवार ,२०७४,काठमाडौं — आयुर्वेदमा केसर हालेको दूध पुरुषहरूका लागि लाभदायक मानिएको छ । यसले गर्ने फाइदाका बारेमा थाहा पाएरै पुरानो जमानाका राजाहरू दिनदिनै केसर हालेको दूध पिउँथे ।यसले सन्तानोत्पत्तिको क्षमता बढाउनुका साथै पुरुषहरूको स्वास्थ्यलाई अन्य पनि धेरै फाइदा पुर्याउँथ्यो । केसरमा भएका १५० वटा पोषणतत्त्वले पुरुषहरूलाई फाइदा गर्छ ।

भारतको जम्मु इन्स्टिच्युट अफ आयुर्वेदका डा. सन्दीप भगतले पुरुषहरूलाई केसरयुक्त दूध खाँदा हुने फाइदाका बारेमा बताएका छन् । यसमा भएको क्याल्सियम र प्रोटीनले मांसपेशी र हड्डी बलियो बनाउँछ । यसले शरीरका विषाक्त पदार्थ हटाउँछ । छाला र कपाल स्वस्थ राख्छ ।

यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ,रुघाखोकी लाग्न दिँदैन ,दूध र केसरमा भएको एन्टीअक्सिडेन्टले पुरुषको स्टामिना बढाउँछन् , कमजोरी भाग्छ , यसमा भएको अमिनो एसिडले यौनशक्तिमा अभिवृद्धि गर्छ । यसको क्यारोटनाइड्सले वीर्यशक्तिमा वृद्धि गरेर सन्तान जन्माउन सक्षम बनाउँछ । यो पिउँदा टेस्टोस्टेरोन र एस्ट्रोजेनको स्तर सन्तुलनमा रहन्छ । केसरयुक्त दूधले एन्डोर्फिन हर्मोनको स्तर सन्तुलित राख्छ र रोमान्टिक मूड कायम राख्छ ।

     एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्