Logo

उत्तर कोरियामा किन बनाइन्छ सुन्दर युवतीलाई ट्राफिक प्रहरी ? यस्तो छ कारण

 स्तावेज,आश्विन १६  सोमवार ,२०७४ – सबैभन्दा  क्रुर कम्युनिष्ट शासनव्यवस्था भएको देश उत्तर कोरियामा सुन्दर युवतीलाई रोजेर ट्राफिक प्रहरी बनाइन्छ भन्दा अनौठो लाग्छ । तर, यो सत्य हो । यहाँका सुन्दर युवतीहरु आफैं ट्राफिक प्रहरी बन्न चाहन्छन् ।राजधानी प्योंगयाङको सडकमा ट्राफिक प्रहरीको रुपमा सुन्दर युवतीहरु देखिनु यहाँको लागि आम कुरा हो । यतिमात्र होइन यहाँ ट्राफिक युवतीहरुको लागि छुट्टै वेबसाइट छ । यो वेबसाइटमा हरेक महिना ‘प्योंगयाङ ट्राफिक गर्ल अफ द मन्थ’को घोषणा गरिन्छ ।

वेबसाइटमा ती युवतीहरुको घोषणा गरेसँगै उनीहरुको लागि म्यासेज लेख्नको लागि स्पेससमेत राखिएको हुन्छ जहाँ ती सुन्दर युवतीका लागि फ्यानहरुले म्यासेज लेख्छन् । यी युवतीहरुको फोटो हुलाक टिकट, पोस्टर र बच्चाका खेलौनामासमेत प्रयोग गरिन्छ । देशका युवतीहरु पनि यो जागिरको लागि मरिहत्ते गर्छन् । ट्राफिक प्रहरीको लागि जागिर खुल्दा यहाँ युवतीहरुको लाइन लाग्छ । उत्तर कोरियामा ट्राफिक सिग्नलको प्रचलन छैन । यहाँ सबै व्यवस्थापन ट्राफिक प्रहरीले नै गर्नुपर्छ । 

       
   एजेन्सी 
प्रतिक्रिया दिनुहोस्