Logo

हेर्नुहोस् लास भेगास गोलिकाण्डको दर्दनाक दृश्य

स्तावेज,आश्विन १६  सोमवार ,२०७४, वासिङ्टन डीसी अमेरिका – अमेरिकाको लास भेगसमा भएको गोलीकाण्डमा मारिनेहरुको संख्या कम्तीमा ५० पुगेको अधिकारीहरुले बताएका छन्। एउटा सांगीतिक कार्यक्रम चलिरहेका बेला नजिकैको होटलको ३२ औं तलाबाट बन्दुकधारीले गोली चलाउँदा दुई सय जनाभन्दा बढी घाइते भएको बताइएको छ । आक्रमणकारी स्थानीय ६४ वर्षीय स्टेफेन प्याडोक भएको प्रहरीले जनाएको छ।

प्रत्यक्षदर्शीका अनुसार मन्डाले वे क्यासिनोको माथिल्लो तलामा गोली चलेको आवाज सुनिएको थियो । यस क्यासिनो नजिक एक म्युजिक फेस्टिबल चलिरहेको थियो । बन्दुकधारीलाई प्रहरीले गोली हानी मारिदिएका छन्। अमेरिकी इतिहासमा यो सबैभन्दा भयानक मध्येको एक गोलीकाण्ड हो । बन्दुकधारी कुनै लडाकु समूहसँग आवद्ध नरहेको अधिकारीहरुले विश्वास गरेका छन् ।

बन्दुकधारीसँग एक जना महिलासँगै रहेको र उनको खोजी भइरहेको बताइएको छ । सो घटनापछि लास भेगस एयरपोर्टमा कयौं उडानको रुट बदलिएको छ । प्रहरीका अनुसार जवाफी कारवाहीमा केही आक्रमणकारी पनि मारिएका छन् । घटनास्थल वरपरको क्षेत्र प्रहरीले नियन्त्रणमा लिएको छ । साथै प्रहरीको तैनाथी पनि बढाइएको छ ।

हेर्नुहोस् लास भेगास गोलिकाण्डको दर्दनाक दृश्य,

      सांगीतिक कार्यक्रम भएको खुला स्थानको सडक पारि एउटा होटलको ३२औं तलामा बन्दुकधारी थिए।

                          प्रत्यक्षदर्शीहरुले सयौं राउण्ड गोली चलेको बताएका छन्।

         सांगीतिक कार्यक्रममा गएकाहरु भाग्दाको ‘अस्तव्यस्त’ दृश्य प्रत्यक्षदर्शीहरुले व्याख्या गरेका छन्।

              आक्रमण भइरहँदा मानिसहरु आतंकित हुँदै घटनास्थलबाट भागेका थिए।

                      प्रहरीले कतिपय मानिसलाई लास भेगस क्षेत्रबाट टाढै बस्न भनेको थियो।

              प्रहरीले सन्दिग्ध एक जना स्थानीयवासी रहेको र उनले आत्महत्या गरेको बताइएको छ।

                           प्रहरीले बन्दुकधारीसँगै रहेकी एक महिलालाई फेला पारिएको बताएको छ।

घटनास्थल नजिकका सडकहरु बन्द गरिएका छन् र ट्रपिकाना एभेन्युमा गइरहेका यी मानिसलाई सुरक्षाकर्मीले रोकेका छन्।

   साभार,बीबीसी

प्रतिक्रिया दिनुहोस्