Logo

देवनारायण यादवको रिहाइ माग गर्दै भारतीय दूतावास अगाडि घेराउ तथा प्रदर्शन

स्तावेज,आश्विन १६  सोमवार ,२०७४,काठमाडौं –  सप्तरीस्थित तिलाठीका देवनारायण यादवलाई भारतीय प्रहरीले पक्राउ गरेको विरोधमा संयुक्त विद्यार्थी संगठनहरुले सोमबार काठमाडौंस्थित भारतीय दूतावास अगाडि घेराउ तथा प्रदर्शन गरेका छन्। नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायत विध्यार्थी संगठनहरुले लैनचौरस्थित भारतीय दूतावास अगाडि पुगेर नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।

राष्ट्रिय झण्डा तथा विध्यार्थी संगठनका झण्डा बोकेका विध्यार्थीहरुले ‘देवनारायण यादवलाई स-सम्मान रिहा गर’, ‘सीमा हस्तक्षेप बन्द गर’, ‘भारतको दादागिरी बन्द गर’ लगायतका नारा लगाएका थिए । गत वर्ष खाँडो नदीमा एकतर्फी बाँध बाँध्‍न आएका भारतीय नागरिकहरुको प्रतिकार गर्ने क्रममा भारतीयहरुको आक्रमण परेर देवनारायण घाइते भएका थिए।अहिले उनलाई भारतीय प्रहरीले पक्राउ गरेको छ। भारतीय सुरक्षाकर्मीले देवनारायण यादवलाई पक्रेर सुपौल जिल्लाको विरपुरमा राखेको छ।

देवनारायणाभन्दा पहिले उनका छोरा पक्राउ परेका थिए। गत शनिबार छोरा पक्राउ परे खबर पाएपछि छुटाउनका लागि देवनारायण भारत गएका थिए । त्यसपछि उनलाई पनि भारतीय प्रहरीले पक्राउ गर्‍यो। देवनारायण र उनको छोरा अजयलाई हतकडी लगाएर राखिएको फोटो सार्वजनिक भएको थियो।

विध्यार्थीहरुले नेपालको सीमा रक्षक र राष्ट्र नायकको संज्ञा देवनारायणलाई दिएका छन्। विद्यार्थी संगठनका नेताहरुले कोणसभालाई सम्वोधन गर्दै उनीहरुले नेपाल र नेपालीप्रतिको हेपाहा प्रविर्ती त्याग्न भारतीय पक्षलाई आग्रह गरेका छन् । विरोध प्रदर्शन कार्यक्रममा अनेरास्ववियकी अध्यक्ष नविना लामा, नेविसंघका उपाध्यक्ष पुष्प शाही, अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुन लगायतका  विध्यार्थी नेता-कार्यकर्ताहरुको सहभागिता थियो। 

प्रतिक्रिया दिनुहोस्