Logo

अत्यधिक मेकअप गर्ने महिलालाई सन्तान उत्पादनमा समस्या हुने

स्तावेज,आश्विन १६  सोमवार ,२०७४ – एक अध्ययनले महिलाको प्रजनन क्षमतासम्बन्धी अनौठो तथ्य सार्वजनिक गरेको छ । अध्ययन अनुसार बढी मेकअप गर्ने महिलालाई सन्तान उत्पादनमा समस्या हुने देखाएको छ । मेकअपका प्रशाधनमा हुने रसायनका कारण महिलालाई प्रजननमा समस्या हुने शोधको दावी छ ।

कस्मेटिक मात्र नभएर शौचालयमा प्रयोग हुने रसायन र अन्य प्याकेजका खानेकुराले समेत प्रजनन् क्षमतामा प्रतिकुल असर पार्ने शोधकर्ताहरुले बताएका छन् । शोधकर्ताहरुले ३१ हजार ५ सय ७५ महिलामाथि यो अध्यन गरेका थिए । जसमा १ सय ११ प्रकारका रसायनले गर्ने असरबारे अध्यओन गरिएको थियो । 

अध्यनका क्रममा लिपिष्टिक, नङ लगाउने पालिस हटाउने रसायन, बडी वास, हेयर केयर प्रसाधन लगायतका रसायनले प्रजननमा असर पार्ने पाइएको रिपोर्टमा उल्लेख छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्