विश्व बैंकले व्यवसायिक शिक्षाका लागि ६ अर्ब ऋण उपलब्ध गराउने
![](https://karobaraja.com/wp-content/uploads/2017/10/the-world-bank-introduction-7-728.jpg)
![](http://dastawej.com/wp-content/uploads/2017/10/the-world-bank-introduction-7-728.jpg)
नेपालको श्रम बजारमा वर्षेनी चार लाख ५० हजारदेखि पाँच लाख युवाले प्रवेश गर्ने गरेका तथा तीमध्ये अधिक सीप र शिक्षाविहीन हुने गरेकाले उक्त तालीम श्रम बजार र युवाबीच मध्यस्थ बन्न सक्ने विश्वास उक्त बैंकले व्यक्त गरेको छ । श्रम बजारमा आउने ती युवा स्वदेशमा भन्दा वैदेशिक रोजगारीमा जाने गरेका छन् ।
बेरोजगारी र अनौपचारिक रोजगारीको अन्त्य तथा सीपयुक्त शिक्षाको प्रवर्द्दनमा उक्त ऋण सहायता नेपालका निम्ति फलदायी हुने बैंकले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।