Logo

सप्तरीको भारदहमा दिइयो ५ सय राँगा र १२ हजार बोकाको बली

                                                  फाईल फोटो

 स्तावेज, आश्विन १५ गते आईतबार,२०७४,सप्तरी – प्रशिद्ध शक्तिपीठ सप्तरीको भारदहमा रहेको कंकालिनी मन्दिरमा यस वर्ष झण्डै ५ सय राँगाको बली दिइएको छ । हनुमानगर कंकालिनी नगरपालिकाको भारदहमा रहेको मन्दिरमा १२ हजार बोकाको बली पनि दिइएको छ ।

बाराको गढीमाईपछि दोश्रो राँगा बलीमा अग्रणी रहेको कंकालिनी मन्दिरमा यस वर्ष दसैँको नवमीका दिन यो संख्यामा राँगाको बली दिइएको कंकालिनी मन्दिर विकास समितिका कोषाध्यक्ष सत्यनारायण मण्डलले जानकारी दिनुभयो ।

                                                        फाईल फोटो

गएको वर्ष ५ सय ५३, २०७२ सालमा ३ सय ९२, २०७१ सालमा ४ सय ४६ राँगाको बली दिइएको थियो । यस्तै यहि मन्दिरमा झण्डै १२ हजारको संख्यामा बोका तथा अन्य पशुपक्षीको बली समेत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्