Logo

कर्णाली नदीको गहिराइ नाप्न खोज्दा नदीमा डुबेर दुई जना वेपत्ता

 स्तावेज, आश्विन १५ गते आईतबार, २०७४,धनगढी – कैलालीको मोहन्याल गाउँपालिका ७ पितमारीमा कर्णाली नदीमा डुबेर दुई जना वेपत्ता भएका छन् । वेपत्ता हुनेमा टिकापुर नगरपालिका-९ बस्ने अन्दाजी २०-२१ वर्षीय मुकुन्द न्यौपाने र रमेश न्यौपाने रहेका छन् । उनीहरु नाताले काका भतिजा पर्दछन् ।

उनीहरु आइतबार साँझ करिब साढे पाँच बजेतिर कर्णाली नदी किनारमा रमाइलो गर्न भनेर गएका थिए । प्रत्यक्षदर्शीका अनुसार गहिराई नाप्न भन्दै नदी किनारमा गएका बेला उनीहरु पानीको भुमरीमा परेका थिए । दुबै जनाको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक धनबहादुर बोहोराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्