Logo

काठमाडौंको बल्खुमा आगलागी, सुकुम्बासीका ६० घर जलेर नष्ट

स्तावेज, आश्विन १४ गते शनिवार, २०७४,कामाडौँ – बल्खु कुलेश्वरस्थित फलफूल बजार अगाडि सुकुम्बासी बस्तीमा गए राति ११ बजेतिर शुरु भएको भीषण आगलागीमा हालसम्म कम्ती ४० घर नष्ट भएका छन् । मानबहादुर विकको घरबाट दियो बाल्दाबाल्दै शुरु भएको आगलागीमा करिब १५ वटा ग्यास सिलिण्डर पनि पड्केका थिए ।

डेरामा बस्ने तीनजना लगायत सबैका खाध्यान्न, लत्ताकपडा सबै जलेको स्थानीयवासी श्यामदास पाण्डेले बताउनुभयो । आगलागीमा एक चर्च पनि परेको स्थानीयवासीले बताएका छन् । नेपाली सेनाका पाँच वटा दमकलले आगलागी नियन्त्रणमा लिएका थिए । विस्तृत विवरण बाँकी छ ।

      रासस

प्रतिक्रिया दिनुहोस्