Logo

प्रहरी कार्यालयभित्रै बेश्यावृती, प्रहरी जवान र युवती प्रहरी नियन्त्रणमा

ईलाका प्रहरी कार्यालय डुमरियामा भएको घटनाबारे थाहा पाएपछि राति नै प्रहरी कार्यालय घेराउ गर्दै स्थानीय।

स्तावेज, आश्विन १४ गते शनिवार, २०७४,रौतहट- रौतहटको ईलाका प्रहरी कार्यालय डुमरिया भित्र युवति बोलाएर यौन कृयाकलाप गरेको भन्दै स्थानीयबासीले बिरोध गरेका छन्। ईलाका प्रहरी कार्यालय डुमरियामा कार्यरत प्रहरी जवान मनोज महतोले कार्यालय नजिकै घर भएकी एक युवतीलार्इ शुक्रवार राति बोलाएर यौन कृयाकलाप गरेको भन्दै स्थानीयले बिरोध गरेका हुन्।

ड्युटीमा रहेका प्रहरी जवान महतोले प्रहरीको बर्दीमा नै गाउँकै एक महिला संग शारिरीक सम्पर्क राखेपछि स्थानीयबासीले कारबाहीको माग राख्दै राती २ घण्टा प्रहरी कार्यालय घेराउ गरेका थिए।

सो कार्यालयको इन्चार्ज र अन्य प्रहरीहरु राति गस्तीमा निस्केको समय पारेर ति प्रहरीले ती युवतिलाइ बोलाएको बताइएको छ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक यादब ढकालले प्रहरी जवान र ती युवतिलार्इ छानविनका लागि नियन्त्रणमा लिएको बताएका छन्।

स्थानीयले आरोप लगाएजस्तो कार्यालय भित्र अनैतिक कृयाकलाप नभएको बताउदै प्रहरी उपरीक्षक ढकालले उनीहरुको पहिले देखि नै चिनाजान भएको कारण यूवती कार्यालयमा आएको बताएका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक यज्ञ विनोद पोखरेलले आरोप लागेका प्रहरीलार्इ नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको जानकारी दिएका छन्।

अन्नपूर्ण पोस्ट

प्रतिक्रिया दिनुहोस्