Logo

इतिहासमा महिलामाथि भएका १२ भयावह यातना

स्तावेज, आश्विन ८ गते शनिबार, २०७४ ,काठमाडौं— इतिहासमा पुरुषहरूले महिलामाथि नियन्त्रण जमाउनका लागि गरेको यातनाका बारेमा पढ्दा पनि आङ सिरिङ्ग भएर आउँछ । यौनिकतालाई दमन गर्न, महिलालाई चुप लगाउन तथा सौन्दर्यका मापदण्डमा खरो उतार्नका लागि महिलाहरूलाई यातना दिने गरिएको थियो, जुन आज पर्यन्त कतिपय ठाउँमा छँदैछ ।

सबभन्दा बढी त महिलालाई पुरुषको दासी बनाउनका लागि नै यातना दिइने गरिएको इतिहासको अध्ययनबाट थाहा लाग्छ । आधुनिक युगमा गुप्तांगलाई बिगार्ने लगायतका कैयौं यातनाका प्रकारलाई प्रतिबन्ध लगाइएको छ यद्यपि केही क्रूर सजाय अहिले पनि अभ्यास गरिन्छ ।

स्पेनी गधा कटाई

यो यातनामा यस्तो औजारमा राखेर महिलाको योनिलाई बिस्तारै रेटेर दुई टुक्रा पारिन्छ । विशेषगरी मध्ययुगमा यो प्रचलनमा थियो । धारिलो पदार्थले महिलाको गुप्तांग चिरिन्थ्यो । मध्ययुगमा बोक्सीकर्मको आरोप लागेका महिलाहरूलाई यो यातना दिइन्थ्यो र सोक्रममा कतिको ज्यान समेत जान्थ्यो ।

 खुट्टा खुम्च्याउने

चीनमा महिलाको पाइताला खुम्च्याउन बाध्य पारिने काम हजारौं वर्षदेखि चलेको रीत थियो । महिलाको सानो पाइताला हुनुपर्छ भन्ने सौन्दर्य परिभाषाका कारण धनी चिनियाँहरू आफ्ना छोरीलाई साँघुरो जुत्ता लगाउन लगाउँथे । अझ औंला भाँचिदिएर रेशमको कपडाले पाइताला कसिन्थ्यो । तीन इन्चको पाइतालालाई आदर्श मानिने सो समयमा सोही कारण महिलाहरू जिन्दगीभरका लागि अपांग हुन्थे ।

 योनिच्छेद

महिलाको योनिभागमा रहेको क्लिोटोरिस (भङ्गाकुर) काटिदिने यातना त अहिले पनि प्रचलनमा छ । विश्व स्वास्थ्य संगठनका अनुसार योनिच्छेद गरिएका महिलाको संख्या आजपनि २० करोडभन्दा बढी छ । महिलाले यौनको आनन्द कममात्र लिन पाऊन् भनेर यसो गर्ने गरिन्छ । यो प्रचलन कतिपय अफ्रिकाली मुलुकहरूमा रहेको छ ।

अविवाहित महिलाको स्तन काट्ने काम

स्तन काट्ने औजारले महिलालाई असह्य पीडा दिन्थ्यो । दुईवटा ठूला चुच्चा सुईराले महिलाको स्तनलाई च्वाट्टै छिनाउँथ्यो । अझ, कहिलेकाहीँ त सुईराहरू तताउने पनि गरिन्थ्यो । अविवाहित भइकन पनि आमा भएका र परपुरुषसँग सम्बन्ध राखेको आरोप लागेका महिलालाई यो सजाय दिइन्थ्यो । यसलाई मध्ययुगका बेलामा बन्द गरिएको भएपनि हाल आतंकवादी संगठन आइएसले सार्वजनिक स्थानमा स्तनपान गराउने सिरियाली महिलालाई सजाँय दिन यसको प्रयोग गरेको भेटिन्छ ।

 फलामे मुकुण्डो

किचकिच गर्ने श्रीमतीलाई चुप लगाउनका लागि मध्ययुगमा पुरुषहरूले फलामे मुकुण्डो लगाइदिने गर्थे । कुरा काट्ने र धेरै गुनासो गर्ने महिलालाई यो मुकुण्डो लगाइन्थ्यो अनि जिभ्रोमाथि चुच्चो फलाम पनि हालिन्थ्यो । यो लगाएपछि बोल्दा असह्य पीडा हुन्थ्यो महिलालाई । अनि यो मुकुण्डो लगाएर बजार घुमाइन्थ्यो र भीडले महिलालाई सराप्थे अनि थुक्थे ।

 

आराले चिर्ने

मध्ययुगमा महिलालाई दुईजना मिलेर आराले चिर्ने यातना पनि दिइन्थ्यो । विशेषगरी बोक्सी, परपुरुषसँगको सम्बन्ध वा ईश्वरनिन्दाको आरोप लागेका महिलालाई उल्टो झुण्ड्याएर खुट्टो फट्याएर आराले चिरिन्थ्यो । घन्टौं लगाएर यसरी शरीर चिरिन्थ्यो । कहिलेकाहीँ शरीर दुई टुक्रा पारिन्थ्यो भने कहिलेकाहीँ पेटनिर लगेर छोडिन्थ्यो जसका कारण असह्य पीडा हुन पुग्थ्यो ।

नास्पाती यन्त्रको यातना

नास्पातीजस्तो देखिने यो यातनायन्त्रलाई ‘उत्तोलक’ घुमाएर खोल्न मिल्थ्यो । बोक्सीकर्ममा लागेका तथा गर्भपतन गरेको आरोप लागेका महिलाको योनिमा यो यन्त्र घुसाएर विस्तारै खोलिन्थ्यो जसका कारण महिलाको जननेन्द्रियहरू टुक्राटुक्रा हुन्थे । समलिंगीको आरोप लागेका व्यक्तिमाथि पनि यो यन्त्र प्रयोग हुन्थ्यो । शैतानको पूजा गर्ने आरोप लागेका मानिसको मुखमा यो यन्त्र घुसाएर बङ्गारा भाँच्ने समेत गरिन्थ्यो ।

 भुसमा जलाएर मार्ने

बोक्सीकर्म, देशद्रोह र शैतानपूजाको आरोप लागेका महिलालाई एउटा कीलोमा बाँधेर वरिपरि भुस ओछ्याउँदै त्यसमा आगो लगाएर बिस्तारै जलाएर मार्ने प्रचलन पनि मध्ययुगमा प्रचलित थियो । धुँवाले निस्सासिएर मर्ने पीडित बरू भाग्यमानी मानिन्थिन्, नभए त आगोले जिउ डढाएर बोसो पगाल्न थाल्दा उनीहरूलाई असह्य पीडा हुन्थ्यो ।

 

पवित्रता पेटीको यातना

पवित्रता पेटी लगाउँदा बालिका र महिलालाई साह्रै गाह्रो हुन्थ्यो । विशेषगरी बलात्कारबाट बच्नका लागि महिलालाई पिता वा श्रीमानले यो लगाउन लगाउँथे । यसले यौनकर्म रोक्ने मात्र नभई महिलालाई हस्तमैथुन गर्नबाट समेत रोक्थ्यो । दोस्रो व्यक्तिले मात्र खोल्न मिल्ने यो पेटीमा बाहिरपट्टि धारिलो फलाम राखिएको हुन्थ्यो र यो लगाएकी महिलासँग यौन गर्न खोज्ने मूर्ख पुरुषको लिंग दुई टुक्रा हुन पुग्थ्यो ।

 ढुंगा हान्ने

टाउकोमा लगातार ढुंगा हानेर मार्ने यातना अहिले पनि अभ्यासमा छ । इरानमा सन् १९८० को इस्लामिक क्रान्तिपछि विवाहेतर सम्बन्धको आरोप लागेका महिलालाई ढुंगाले हानेर मार्ने सजाय दिने गरिएको छ । कहिलेकाहीँ परिवारको इज्जत जोगाउनका लागि भन्दै आफ्नै मान्छेले महिलालाई ढुंगाले हानेर मार्ने गरेका छन् । महिलालाई घाँटीसम्म जमिनमा गाडेर जमिनमाथि रहेको टाउकोमा लगातार ढुंगा हानेर मार्ने सजाय हो यो ।

 यौन यातना तथा बलात्कार

बलात्कारलाई यातनाको एक हतियारका रूपमा पहिलेदेखि नै प्रयोग गर्दै आइएको छ । जापानीहरूले चीनको नानकिङ नरसंहारका बेलामा हजारौं महिलालाई बलात्कार गरेर हत्या गरेका थिए । कहिलेकाहीँ साबिती बयान लिनका लागि पनि महिला बन्दीहरूमाथि बलात्कार गर्ने गरिएको छ । आतंकवादी संगठन आइएसले महिलालाई यातना दिनका लागि बलात्कारको प्रयोग गर्ने गरेको छ । छिमेकी मुलुक भारत बेलाबखत बलात्कारजन्य अपराधकै कारण विश्वमा कुख्यात दर्ज भएको छ ।

सतीप्रथा

सतिप्रथा खासगरी दक्षिण एशियाको हिन्दु समाजमा १९ औँ शताव्दीसम्म प्रचलनमा रहेको पिडक प्रथा हो । यसमा लोग्ने मरेकी स्त्री आफ्नो खुशीले अथवा परिवारको दबाबकै कारण मरेको लाग्नेसँगै जिउँदो जलाइन्थिन् । दशौं शताव्दीमा भारतीय महाद्दीपमा यो प्रथाले उचाई प्राप्त गरेको हो । नेपालमा तत्कालिन प्रधानमन्त्री चन्द्रशम्सेर राणाले आधिकारिक रुपमा बि.सं.१९७७ सालमा यो कुसंस्कारलाई हटाउन लगाएका थिए ।

 
प्रतिक्रिया दिनुहोस्