Logo

साझा प्रकाशनका तीन सदस्यद्दारा राजीनामा

स्तावेज, आश्विन ८ गते शनिबार, २०७४ ,काठमाडौं– साझा प्रकाशनको सञ्चालक समितिको सदस्यबाट आज तीन जनाले राजीनामा दिएका छन्।  समिति सदस्य दीनानाथ शर्मा, प्रदीप नेपाल र प्रा डा कृष्णहरि बरालले आज विज्ञप्ति प्रकाशन गरी राजीनामा दिएका हुन्। उनीहरुले पछिल्ला समयमा साझा प्रकाशन र आफ्नो प्रतिष्ठानमा आँच आउने किसिमका समाचार बाहिर आएकाले उक्त पदमा बसिरहनु उपयुक्त नठानेकाले राजीनामा दिइएको बताएका छन्।  

तीनै जनाले शिक्षा मन्त्रालयमा गत साउन ९ गते राजीनामा बुझाए पनि मन्त्रालयबाट स्वीकृत नभएपछि आज आफैँ राजीनामा दिएका हुन्। विज्ञप्तिमा उनीहरुले ‘स्वयं शिक्षा मन्त्रालयबाट समेत राजीनामाका बारेमा भ्रामक समाचार आएकाले पनि साझा प्रकाशनमा बस्न उपयुक्त नहुने’ उल्लेख गरेका छन्। शर्मा र नेपाललाई शिक्षा मन्त्रालयले २०७२ साल असार २४ र प्रा डा बराललाई साउन १० गते तीन वर्षका लागि साझा प्रकाशनको सञ्चालक समिति सदस्यमा नियुक्त गरेको थियो।  

  रासस

प्रतिक्रिया दिनुहोस्