Logo

बङ्गलादेशमा रोहिंज्या शरणार्थीलाई मोवाइल बोक्न प्रतिबन्ध

ढाका, (रासस/एएफपी) – बङ्गलादेशले म्यानमारबाट आफ्नो मुलुकमा प्रवेश गरेका रोहिंज्या मुसलमान समुदायबाट शरणार्थीलाई मोबाइल फोनको सेवा नदिन यहाँका दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई भनेको छ। बङ्गलादेशमा रहेका करिब चार लाख ३० हजार रोहिंज्या शरणाथीलाई मोबाइल सेवा दिएमा दूरसञ्चारकम्पनीलाई जरिवाना लगाइने सरकारले बताएको छ। 

केही समयका लागि रोहिंज्या शरणार्थीले कुनै सिमकार्ड किन्न पाउने छैनन्, सञ्चारमन्त्रालयका उच्च अधिकारी इनायत हुसेनले एएफपीसँग आइतबार बताए।  शनिबार सुरक्षाको कारण देखाउदै सरकारले तत्कालका लागि मोबाइल सेवा उनीहरूलाई नदिन निर्देशन गरेको छ। 

बङ्गलादेशले यस पहिले नै आधिकारिक परिचय विना सिम कार्ड आफ्नै नागरिकलाईसमेत नदिन निर्देशन गरिसकेको छ। हामीले रोहिंज्या शरणार्थीको सुरक्षाका लागि मानवीय समवेदनाका आधारमा आफ्नो भूमि उनीहरूलाई प्रयोग गर्न दिएपनि राज्यको सुरक्षाका लागि मोबाइल सेवा तत्कालका लागि दिन नसकिएको हुसेनले बताए।  

प्रतिक्रिया दिनुहोस्