Logo

जीवन के हो? कविता सङ्ग्रहको विमोचन

न्जना पौडेल,दस्तावेज, आश्विन ८ गते आईतबार २०७४,काठमाडौँ – आज मिति २०७४/०६/०७ का दिन राष्ट्रकवि माधव प्रसाद घिमिरे ज्यूको ९९ औँ जन्मोत्सवको उपलक्ष्यमा उहाँको निवास लैनचौरमा उहाँकै हातबाट १६ बर्षे यूवाकवि विनिष गिरीको कविता सङ्ग्रह ” जीवन के हो ? “विमोचन भएको छ ।

“आइ कहिल्यै पनि नसकिने चैत बैशाख मेरा ,

 लाई कहिल्यै पनि नसकिने प्रीत नौलाख मेरा “

यस्ता कविता र ऋतुहरूमा तिमी हरियाली वसन्त हौ ,नदीहरूमा तिमी पवित्र गङ्गा हौ । जति सुने पनि सुनी रहुँझैं लाग्ने यस्ता सृजनाका सर्जकको घर आँगनमा उहाँकै मुखबाट प्रत्यक्ष सुन्दै पुस्तक विमोचन हुँदा वातावरण निकै रमाइलो भएको थियो ।
प्रमुख अतिथि राष्ट्रकवि माधव प्रसाद घिमिरे ,प्रा.डा.कृष्णप्रसाद दाहालको सभापतित्वमा र अतिथिहरू वरिष्ठ पत्रकार विष्णु निष्ठुरी, मन्जु पोखरेल, अन्जना पौडेल,यादव गर्तौला,कमल प्रसाद न्यौपाने,हिरा परियार,अनिता यात्री ,लेखकका आमा बुबा,गरिमामय उपस्थिती रहेको थियो ।

गोकुल लिम्बूले शुभकामना गीत सहित सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको स्वागत विनिषका दाजु मनिष गिरीले गर्नु भएको थियो । कवि यादव गर्तौलाले कविताको बारेमा बोल्नुभएको थियो भने कवि अन्जना पौडेलले सर्जकको कविता वाचन सहित पाठकिय टिप्पणी गर्नुभएको थियो ।  

कविका बुवा वासुदेव गिरीले भावविभोर हुनेगरी आफ्ना छोराका लागि जन्मेदेखि आजसम्मका आफ्ना कर्तव्य र आज छोराले आफूलाई नै यति सानो उमेरमा कृति दिएकोले आफू धन्य भएको भन्नुहुदा सबैका आँखा रसाए । सभापति प्रा.डा.कृष्ण प्रसाद दाहालले समापनमा माधव घिमिरेसँगै गीत गाउनु हुँदा छोडेर नहिडु झैँ भएको थियो । राष्ट्रकविज्यूले तपाइहरू रमाइलो गर्नुस् म बुढो उठे भन्नु भएपछि झन् रमाइलो भयो । कवि विनिसलाइ हार्दिक बधाई अनि कृति सफलताको हार्दिक शुभकामना !

 

प्रतिक्रिया दिनुहोस्