Logo

नोभेम्बर जिन्स बन्यो नेपालकै उत्कृष्ट उत्पादन, नायक प्रदीप खड्का बने ब्राण्ड एम्बेसडर,(भिडियो)

स्तावेज संवाददाता, आश्विन ६ गते, शुक्रबार,२०७४,काठमाडौं – विगत २ वर्षदेखि सञ्चालनमा आएको नोभेम्बर जिन्सले  अहिलेका चल्तीका नायक प्रदीप खड्कालाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । राजधानीमा आइतबार एक कार्यक्रम मार्फत नोभेम्बर जिन्स नेपालका प्रबन्ध निर्देशक र नायक खड्काबीच ब्राण्ड एम्बेसडरका लागि एग्रिमेन्ट भएको थियो ।

समारोहमा बोल्दै प्रदीपले भने, ‘मलाई कहिले चाउचाउ कहिले साबुन त कहिले कुन ब्राण्डको एम्बेसडर बन्नका लागि अफर आइरहन्थ्यो । तर म आबद्ध भएपछि उक्त ब्राण्डको लागि आफूले पनि केहि दिन सक्नुपर्छ भनेर कुनैमा संलग्न भइन । नोभेम्बरका लागि भने ब्राण्ड प्रवर्द्धनका लागि सक्दो काम गर्नेछु ।’

नोभेम्बर जिन्स नेपालको उद्देश्य विदेशी ब्राण्डका कपडाहरुको उपभोगलाई कम गराउँदै लैजानु रहेको छ । साथै नेपालकै उत्पादन ब्राण्डका कपडाहरुलाई युवा पुस्ता माझ स्थापित गराउने रहेको छ । हाल बजारमा जेन्स्का लागि चाहिने जिन्स प्यान्ट, टि–सर्ट, आउटर, विन्टर ज्याकेट, समर ज्याकेट आदि उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्