Logo

संकट समाधानका लागि कतारद्दारा विश्व समुदायको ध्यानाकर्षण

 स्तावेज संवाददाता, आश्विन ६ गते, शुक्रबार,२०७४-संकट समाधानका लागि कतारका अमिर सेख तमिम बिन हमाद अल थानीले विश्व समुदायको ध्यानाकर्षण गराउनु भएको छ । संयुक्त राष्ट्रसंघको ७२ औँ महासभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कतारी अमिर अल थानीले साउदी अरबको नेतृत्वमा भइरहेको नाकाबन्दी शान्तिपूर्ण रूपमा अन्त्य गर्न आव्हाहन गर्नुभयो । 

कुनै जानकारी र पूर्व चेतावनी बिना नाकाबन्दी लगाउनु जायज नभएको उहाँको भनाई छ । उहाँले हरेक राज्यको सार्वभौमसत्ताको सम्मान गरेर असझदारी अन्त्य गर्न आग्रह गर्दैै वार्ताको माध्यमबाट समान हैसियत कायम गर्न पनि सबैको ध्यानाकर्षण गराउनुभयो । 

गएको जुन ५ तारिखदेखि साउदी अरव, बहराइन, इजिप्ट र यूएई लगायत ९ देशले कतारसँग कुटनैतिक सम्बन्ध ताडेर नाकाबन्दी लगाएका छन् । कतारले आतंकवादलाई सहयोग गरेको यी देशको आरोप छ । तर कतारले आरोपको खण्डन गरिसकेको छ ।

यी देशले कतारसँग सम्बन्ध तोड्दै कतारलाई हवाइ, सामुद्रिक र जमिनको बाटोमा समेत प्रतिवन्ध लगाएका छन् । अमिर अल थानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि भेटवार्ता गरेर आफ्नो देशमा देखिएको समस्याको बारेमा जानकारी गराउँदै समाधानका लागि मध्यस्थता गरिदिन आग्रह गरेको चिनियाँ समाचार संस्था  सिन्हवाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्