Logo

प्रथम महिला गुल्मपति सृष्टि खड्का

स्तावेज संवाददाता आश्विन ३ गते मंगलवार २०७४- अनुहार मात्रै हैन दिमागमा पनि राम्रो भएकी महिला: प्रथम महिला गुल्मपति सृष्टि खड्कानेपाली सेनाको इतिहासमा प्रथम महिला गुल्मपति बनेकी छिन्–सृष्टि खड्का । पुल्चोककी ३० वर्षीया सृष्टि सेनाले महिलालाई मात्र समेटेर गठन गरेको गोरखकाली गुल्मकी गुल्मपति भएकी हुन् ।

उनले त्रिभुवन विश्वविध्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी छिन् ।१७ माघ २०६१ मा अधिकृतका रूपमा नेपाली सेनामा प्रवेश गरेकी मेजर सृष्टिलाई १ साउनदेखि लागू हुने गरी महिला गुल्मको कमान्ड सुम्पिइएको हो । खड्काको पहिलो पोस्टिङ राजदल गणमा भएको थियो । झन्डै १३ वर्षे सैनिक सेवाका क्रममा उनले सेनाको मनोवैज्ञानिक शाखा, सुदूरपश्चिम पृतना तथा सेवा दलमा काम गरिसकेकी छिन् । सृष्टिसँग राष्ट्रसंघीय शान्ति मिसनका क्रममा सुडानमा काम गरेको अनुभव पनि छ । 

नारी पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्