Logo

“नेपाल आईडल” (रियालिटी-सो) प्रतियोगिताको ग्रान्ड फिनाले कार्यक्रम यही आउँदो २२ सेप्टेम्बरका दिन दोहा-कतारमा हुने

स्तावेज संवाददाता आश्विन ३ गते मंगलवार २०७४,दोहा-कतार – एपी वान टेलिभिजनद्दारा प्रसारित अन्तर्राष्ट्रिय फ्रेन्जाईज प्राप्त नेपालकै पहिलो राष्ट्रव्यापी प्रतिस्पर्धात्मक प्रतियोगिताको नेपाली संस्करणको “नेपाल आईडल” (रियालिटी-सो) गायन प्रतिभा छनौट प्रतियोगिताको ग्रान्ड फिनाले कार्यक्रम यही आउँदो २२ सेप्टेम्बरका दिन दोहा-कतारको सनैया स्थित एसियन टाउनको अम्फिथेटरको प्राङ्गणमा हुने भएको छ  ।

कार्यक्रमको स्थल तैयारीका लागि नेपालबाट नेपाल आईडलका निर्देशक सहित झन्डै आधा दर्जन प्राविधिक टोलीलाई बिहीबार राती एभरेष्ट युथ एसोसिएसनका अध्यक्ष तथा कार्यक्रम संयोजक उत्तम गुरूङ्ग सहितको टोलीले हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको छ ।

हामीलाई प्राप्त जानकारी  अनुसार, कार्यक्रम उद्धघोषक सुशील नेपाल रहनेछन्   भने मुख्य क्यामेरामा शिवराम श्रेष्ठले गर्नेछन् यसैगरी मुख्य आईटीमा धनन्जय आचार्य, रहनेछन् भने, कार्यक्रम स्थलको लाईट डिजाईनरमा पङ्कज बि.क.ले मुख्य भूमिका निर्वाह गर्ने कार्यक्रम संयोजक उत्तम गुरूङ्गले राजेश तिमल्सिनालाई जानकारी दिए ।

आईडलका निर्देशक पौडेलका अनुसार मध्ये पूर्वीय राष्ट्र कतारको राजधानी दोहामा हुने यो कार्यक्रम हाल सम्मकै ठुलो कार्यक्रम भएकोले आफू सहित प्राविधिक टोलीलाई छिट्टै आएको स्रोतले जनाएको छ ।

उक्त कार्यक्रमको विशेष आकर्षणका रूपमा अतिथि कलाकारहरू चर्चित नेपाल र ,नेपालीलाई विश्वमा चिनाउन सफल भारतीय चर्चित टेलिभिजन Zee TV DID little Master Seson- ३ तथा झलक दिखला जाकी उपाधि विजेता तेरिया फौजा मगर, सुन साहिली ४० कटेसी रमाउँला गीतका गायक हेमन्त राना मगर, हाँस्य कलाकार नारद खतिवडाको विशेष प्रस्तुतिमा भरपुर मनोरञ्जन लिई रम्दै रमाउँदै भव्य र सभ्य रूपमा सम्पन्न गराउन समस्त दोहावासी आदरणीय नेपाली दाजु-भाइ तथा दिदी-बहिनीहरूमा आयोजक समिति परिवारले हार्दिक निमन्त्रणा गरेको छ ।

नेपालीहरूको शान, मान, प्रतिष्ठा र नेपालको गौरवता, सँगै गाँसिएको दोहामा हुने हाल सम्मकै सबैभन्दा ठुलो कार्यक्रम हो । आगामी २२ सेप्टेम्बरका दिन ग्रैण्डमलको एम्पिथिएटमा हुने नेपाल आईडलको फाईनल प्रतियोगिता सम्बन्धित केही सञ्चारले फैलाएको भ्रमात्मक समाचारका कारण उत्पन्न भ्रमले त्रसित फैलिएकोले कसैलाई पनि भ्रममा नपर्न हुन कार्यक्रम संयोजक गुरुङले अनुरोध गरेको छ । आज सबै कलाकार र नेपाल अाईडलका टप १२ मा पर्न सफल सबै प्रतिस्पर्धि दाेहा स्थित हमाद ईन्टरनेशनलमा अबतरण भएकाे स्रोतले जानकारी गराएकाे छ।

प्रतिक्रिया दिनुहोस्