Logo

यिनले खिचे नौ वर्षसम्म हरेक दिन सेल्फी, अन्तिम सेल्फी विशेष (भिडियोसहित)

स्तावेज ,आश्विन,१ गते आईतवार  २०७४ – दिनहुँ फोटो खिचेर त्यसलाई भिडियो बनाउनु कुनै नौलो कुरा होइन । वर्षौंदेखि हामीले त्यस्ता फोटो इन्टरनेटमा देख्दै आएका छौं । पछिल्लो समय क्यानडाका २१ वर्षका मेकानिकल इन्जिनियर ह्युगो कोर्नेलियरले राखेको फोटो भने विशेष प्रकारको छ । उनले १२ वर्षको उमेरदेखि नै दैनिक रुपमा सेल्फी लिन थालेका थिए ।

उनले आफूमा आएको परिवर्तनलाई रेकर्ड गर्न दैनिक रुपमा सेल्फी खिच्ने गरेका थिए । उनले नाै वर्षसम्म हरेक दिन सेल्फी खिचे ।कोर्नेलियरले दिनहुँ नै  भिडियो मोन्टाज पोस्ट गर्थे । तर उनले गत अगस्ट ३० मा विवाहको दिन पारेर उनले भिडियो मोन्टाज बनाउने काम सके विवाहका दिन उनी निकै खुसी पनि देखिन्थे । क्रियटिभ सेल्फी प्रोको सहायताले उनको भिडियो मोन्टाजलाई विशेष बनाएको  छ । भिडियोमा उनको अनहार कहिल्यै पनि परिवर्तन हुँदैन, मात्र पृष्ठभूमि फरक हुन्छ । उनले भने, ‘बुढेसकालमा छोराछोरीलाई यो देखाउँदा कस्तो अचम्म पर्लान् ।’

उज्यालो अनलाईन

प्रतिक्रिया दिनुहोस्