Logo

पत्रिका विमोचन सम्पन्न

वराज क्षितिज दस्तावेज संवाददाता,आश्विन,१ गते आईतवार कैलाश गजल मन्च चितवन र कालीगण्डकी साहित्य परिषद खोलेसिमल चितवन द्दारा आयोजित साहित्यिक कार्यक्रममा , कालीगण्डकी साहित्य परिषद द्दारा प्रकाशित साहित्यिक पत्रिका ” कैलाश” को ३३ औं अंक विमोचन सप्पन्न भएको छ ।

वरिष्ठ साहित्यकार केशवराज आमोदीको प्रमुख अतिथ्य्मा सप्पन्न उक्त कार्यक्रममा उपस्थित २० भन्दा धेरै साहित्यप्रेमीहरुले आफ्ना सिर्जना वाचन गरेका थिए । भने सङ्गीतकार अनिता ओली र सङ्गीतकार जोन लामाले सुमधुर गीत सुनाउनु भएको थियो ।

प्रमुख अतिथिबाट कविता वाचन सँगसँगै सुरु भएको उक्त कार्यक्रममा कैलाश गजल मन्चकी उपाध्यक्ष लिला दहालले स्वागत मन्तव्य दिनुभएको थियो । विशिष्ट अतिथि तथा अब्बल गजलकार पुष्प अधिकारी “अञ्जली”ले कार्यक्रमको उत्तरोत्तर प्रगतिको कामना सहित आफ्ना केही मुक्तकहरु तथा गजल वाचन गर्नुभएको थियो । साहित्यकार गणेश शर्माको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको सञ्चालन अनिता अर्यालले गर्नुभएको थियो ।
 

प्रतिक्रिया दिनुहोस्