Logo

परमाणु कार्यक्रम पूरा गर्दै अमेरिकी सेनासँग प्रतिस्पर्धा गर्ने उत्तर कोरियाको चेतावनी

स्तावेज, भाद्र ३१ गते शनिवार, २०७४,काठमाडौं – संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले ‘अति उक्साहटपूर्ण’ कार्य भन्दै उत्तर कोरियाले पछिल्लो पटक गरेको क्षेप्यास्त्र परीक्षणको कडा निन्दा गरेको छ। राष्ट्रसंघको आकस्मिक बैठकपछि उसले तत्कालका लागि उत्तर कोरियाविरुद्ध थप प्रतिबन्ध चाहिँ नलगाइने जनाएको छ ।

उत्तर कोरियाले एक महिनाभित्र जापानी आकाशमा दुई पटक क्षेस्यास्त्र प्रहार गरीसकेको छ । शुक्रवार मात्रै उत्तरी जापानको हकाइदो टापुको आकाशमा बलेस्टिक क्षेप्यास्त्र प्रहार गरेको प्योङयाङले त्यसअघि गत अगस्टको अन्तिम हप्तातिर पहिलो क्षेप्यास्त्र प्रहार गरेको थियो।

पछिल्लो मिसाइल परीक्षणपछि उत्तर कोरियाको चौतर्फि विरोध भएको छ । चौतर्फि विरोध भएपछि नेता किम जोन उनले देशको परमाणु कार्यक्रमलाई पूरा गर्ने कुरा दोहोर्याएका छन् ।

उत्तर कोरियाको सरकारी सञ्चार माध्यमका अनुसार नेता किम जोन उनको अन्तिम लक्ष्य संयुक्त राज्य अमेरिका सरह हैसियत बनाउने रहेको छ ताकि ‘अमेरिकाले सैन्य विकल्पबारे कुरा गर्ने दुस्साहस नगरोस्’ । किम जोन उनको यस कार्यक्रमको उद्देश्य अमेरिकी फौजसँगको सन्तुलन बनाउने रहेको जनाइएको छ ।

किमले भनेका छन्, ‘हामीलाई यी शक्तिशाली देशलाई देखाउनु छ कि हाम्रो देश उनीहरुको नाकाबन्दीका बाबजुद परमाणु कार्यक्रम सफल बनाउन सक्छौं ।’ यस अघि उत्तर कोरियाले गरेको मिसाइल परीक्षणको विरोधमा संयुक्त राष्टसंघले कडा निन्दा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्