Logo

सरसफाई दिवस मनाइयो

स्तावेज, भाद्र ३१ गते शनिवार, २०७४,काठमाडौं – हरेक बर्ष सेप्टेम्बरको तेश्रो शनिबार विश्वभर सरसफाई दिवस मनाउने गरिन्छ ।शनिबार उपत्यका लगायत नेपाल अधिराज्यभर फोहर व्यवस्थापन सम्बन्धी विशेष जनचेतना मुलक कार्यक्रम गरी राष्ट्रव्यापी सरसफाई दिवस मनाईएको छ । राजधानी काठमाण्डौमा क्लिन अप नेपालको संयोजकत्वमा बौद्ध स्तुपामा विशेष जनचेतना मुलक कार्यक्रम गरि यो दिवस मनाईएको हो ।

उक्त सरसफाई अभियानमा विदेशी पर्यटक, विभिन्न संघ संस्था तथा स्कुलका बालबालिका समेत सहभागी थिए । विशेष गरेर शहरी क्षेत्रबाट निस्केको  फोहर व्यवस्थापन चुनौतिपूर्ण बन्दै गईरहेका बेला अभियानमा सहभागी किशोर किशोरीले उपयुक्त फोहर व्यवस्थापन बारेमा सडक नाटक प्रस्तुत गरेका थिए ।

‘हाम्रो फोहर हाम्रो जिम्मेवारी’ मुल नारा सहित मनाईएको सरसफाई दिवसमा विशेष गरेर पुरातात्विक महत्वका सम्पदा संरक्षण तथा सरसफाई बारेमा पनि विध्यार्थी लगायत सर्वसाधारणलाई सचेत गराईएको थियो । विश्वभर मनाईने गरेको  सरसफाई दिवस नेपालमा भने क्लिन अप नेपालको संयोजकत्मा सन् २०१३ देखि यो दिवस मनाउन सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्