Logo

अज्ञात समूहबाट एनसेल टावरमा आक्रमण

स्तावेज, भाद्र ३१ गते शनिवार, २०७४, रौतहट – निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको चन्द्रपुर नगरपालिका-२ कलटोलस्थित  एनसेलको टावरमा अज्ञात समूहले आगजनी गरेको छ। शनिबार बिहान १ बजे एनसेल टावरको केवल (तारहरुमा) आगजनी गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक यादव ढकालले जानकारी दिएका छन् । आगजानी गर्ने समूहको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक ढकालले जानकारी दिए।

टावरमा क्षति पुग्ने गतिविधि कुनै किसिमको गतिविधि नगर्न एनसेलले सबैमा अनुरोध गरेको छ। एनसेलको टावरमा आगजनी भएपछि अहिले सो भेगका करिब हजारौं प्रयोगकर्ता मारमा परेका छन् । छिटोभन्दा छिटो मर्मत गरी पुनः टावर सञ्चालनमा ल्याउनुपर्ने स्थानीय युवा टंक देवकोटाले जानकारी दिए।सुरक्षाको हिसाबले सो गाउँमा रहेको महेन्द्र मावि मतदान केन्द्र र जनहित प्रावि फुलबारी अति संवेदनशील क्षेत्रमा परेका छन् । ४ हजार ५ सयभन्दा बढी मतदाता रहेको सो वडामा मावि जुडिबेला, आधारभूत विध्यालय असनवा, जनहित प्रावि फूलबारी र महेन्द्र मा.वि रैयाटोल गरी ४ वटा मतदान केन्द्र छन्।

प्रतिक्रिया दिनुहोस्