Logo

बालकलाई अप्राकृतिक मैथुन गराउने युवक प्रहरी हिरासतमा

स्तावेज भाद्र ३० गते शुक्रवार २०७४ ,चितवन- प्रहरीले दुई बालकलाई अप्राकृतिक मैथुन गराउने एक युवक पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएको हो ।

भरतपुर महानगरपालिका–१ का २२ वर्षीय विवेक खतिवडालाई सात र चार वर्षीय बालकलाई अप्राकृतिक मैथुन गराएको अभियोगमा पक्राउ गरिएको हो। 

यसैगरी जबरजस्ती करणी गरेको अभियोगमा चार वर्षअघि बालिका बलात्कार गरी फरार रहेका माडी नगरपालिका – ८ का चोकनारायण श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ।

निजले २०७० माघ ११ गते स्थानीय चार वर्षीया बालिकालाई ललाइफकाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका खतिवडालाई मुलुकी ऐन जबरजस्ती करणीको महलअन्तर्गत अनुसन्धान कारबाही भइरहेको सो अवसरमा जानकारी दिइयो। 

प्रतिक्रिया दिनुहोस्