Logo

उत्तर कोरियाले गर्यो जापानी आकाशमा मिसाइल आक्रमण

स्तावेज, भाद्र ३० गते शुक्रवार २०७४ – उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वतर्फ जापानको हकाइदो टापुको आकाशमाथि एउटा बलेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जापानी तथा दक्षिण कोरियाली सरकारले बताएका छन् । दक्षिण कोरिया र जापानले उत्तर कोरियाले मिसाइल हानेको पुष्टी गरेका छन् ।  

जापानतिर हानिएको मिसाइल ७ सय ७० किलोमिटरको उचाईसम्म पुगेको र झण्डै ३ हजार ७ सय किलोमिटर टाढा पुगेको दक्षिण कोरियाका सेनालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । मिसाइल जापानको होकाइडो द्दीपको माथिबाट गएको थियो । जापानी आकाशमा क्षेप्यास्त्र पुगेपछि एकाबिहानै अलार्म बजेको थियो र हकाइदोका बासिन्दालाई आश्रय लिन भनिएको थियो।

उत्तर कोरियाले यसअघि परीक्षण गरेको क्षेप्यास्त्रभन्दा यो लामो दूरीको हो । उक्त क्षेप्यास्त्र जापानी आकाश भएर ३,००० किलोमिटरको दूरी तय गरी समुद्रमा खसेको थियो। दक्षिण कोरियाले राष्ट्रिय सुरक्षा परिषदको आपतकालीन बैठक बोलाएको छ । जापानले पनि आफ्ना नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ । 

संयुक्त राष्ट्रसंघले उत्तर कोरियाका विरुद्धमा थप तथा कडा नाकाबन्दी लगाएपछि उत्तर कोरियाले त्यसको कडा विरोध गर्ने बताएको थियो ।  सेप्टेम्बर ३ तारिख एउटा हाइड्रोजन बमको सफल परीक्षण गरेको बताएपछि सोमबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले दण्डित गर्ने भन्दै उत्तर कोरियाविरुद्ध सर्वसम्मतिले नयाँ प्रतिबन्धको कानुन पारित गरेको थियो ।  चीन र रुसको सहमतिमा बसेको परिषद वैठकको सर्वसम्मतिमा उक्त कानुन पारित गरिएको हो । 

 

उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्र परीक्षण गर्दै आएकाले उसका विरुद्धमा यो कानुन ल्याइएको अमेरिकाले जनाएको छ । उत्तर कोरियालाई उसको अर्थतन्त्रमा असर पार्नेगरी भन्दै मङ्गलबार लगाइएको नाकाबन्दीको विरोधमा झनै कडा रुपमा प्रस्तुत हुने प्रतिक्रिया दिएको हो । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियामाथि नयाँ प्रतिबन्धहरु लगाएको चार दिनपछि प्योङयाङगले पछिल्लो क्षेप्यास्त्र प्रहार गरेको छ।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लू हाउसले पछिल्लो क्षेप्यास्त्र प्रहारपछि राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएको छ । यसअघि गत अगस्ट २९ तारिखमा उत्तर कोरियाले आफ्नो आकाशमाथि बलेस्टिक क्षेप्यास्त्र प्रहार गर्दा जापानले त्यसलाई ‘अभुतपूर्व खतरा’को संज्ञा दिएको थियो ।

अमेरिकाको प्रस्तावमा उत्तर कोरियाका विरुद्धमा संयुक्त राष्ट्रसंघले लगाएको नाकाबन्दीलाई उसले दुष्ट कामको संज्ञा दिएको थियो । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा सोमबार सर्वसम्मत निर्णय भएपछि उसले भनेको थियो– ‘यसका विरुद्धमा अमेरिकाले ठूलो मूल्य चुकाउनुपर्नेछ ।’ 

उत्तर कोरियाले गएको हप्ता मात्र एक शक्तिशाली हाइड्रोजन बम नै परीक्षण गरेको थियो । त्यसका विरुद्धमा पछिल्लो नाकाबन्दी आएको थियो । यस कार्यलाई उत्तर कोरियाले निन्दा गर्दै आणविक परीक्षणको कार्य नरोकिने बरु थप बढाउँदै लाने जनाएको थियो । त्यसै अनुरुप शुक्रबार पनि जापानमा लक्षित गर्दै उसले मिसाइल छाडेको छ । 

विश्व समुदाय एवं संयुक्त राष्ट्रसंघले व्यापक मात्रामा विरोध गर्दागर्दै पनि उत्तर कोरियाले आणविक क्षेप्यास्त्र हान्ने गरेको छ । उत्तर कोरियाले सन् २००६ देखि नै निरन्तररुपमा यस्तो परीक्षण गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्