Logo

३५ लाखका लागि दाइले भाइ अपहरण गरेपछि

स्तावेज भाद्र २८ गते बुधवार २०७४, स्याङ्जा – गल्याङ नगरपालिकामा सहोदर दाज्यु पर्नेले आफ्नो भाईलाई अपहरण गरी ३५ लाख फिरौती मागेको खुलासा भएको छ । गल्याङ नगरपालिका–२ का ४० वर्षीय मोबिनद्दिन मियाँले भाइ जनरुद्दिनलाई अपहरण गरी फिरौती माग्दै कुटपिट गरेका हुन् ।  मोहबिनद्दिन बुटवल उपमहानगरपालिका –५ बस्ने ३८ वर्षीय जनरुद्दिनको कान्छा काकाको छोरा भएको प्रहरीले जनाएको छ । घटनाको सुराक पत्ता लागेपछि अनुसन्धान गर्दै जाँदा अपहरण गरी फिरौती माग्ने मोहबिनद्दिनसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। मियाँसँगै कालीगण्डकी गाउँपालिका–६ का २४ वर्षीय सुन्दरप्रसाद अधिकारी र सन्तोष श्रेष्ठ छन्।

अपहरणकारीले चप्पल तथा जुत्ता व्यापारी मियाँलाई अपहरण गरी फिरौती माग्दै कुटपिट गरी घाइते बनाएका थिए । घाइते भएका जनुरुद्दिन मियाँले आफ्नो स्वास्थ्य खराब भएको र अस्पताल पुर्‍याएर औषधि सेवन गर्न आग्रह गर्दै उपचारपछि मागेको रकम दिने बताएपछि अपहरणकारीले नै गल्याङ सामुदायिक अस्पतालमा उपचारका लागि लगेका थिए । घाइते अवस्थामा रहेका जनुरुद्दिन मियाँले चिकित्सकलाई आफूलाई अपहरणमा परी कुटपिट गरी घाइते बनाएको भन्दै प्रहरीलाई खबर गरिदिन कागजमा लेखेर अनुरोध गरेका थिए।

पीडित जनुरुद्दिनले अपरणकारीको आँखा छली नर्ससँग गोप्य रूपमा कलम मागेर शौचालय गई लेखेको कागज चिकित्सकलाई दिएपछि अस्पतालले प्रहरीलाई खबर गरेका थिए। कुटपिटबाट गम्भीर घााइते भएका मियाँले अस्पतालमा लैजान आग्रह गर्दै फिरौती रकम दिन्छु भनेपछि मात्र अपहरणकारीले उपचारका लागि अस्पताल लगेको मियाँको भनाइ छ। अस्पतालको सूचनाको आधारमा गल्याङ अस्पतालबाट मियाँलाई अपहरणमुक्त गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई वडा प्रहरी कार्यालय वालिङमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्