Logo

पूर्व सांसदहरुलाई पनि पेन्सन दिनुपर्ने कांग्रेसको माग !

                                                         फाईल फोटो

स्तावेज , भाद्र २७ गते मंगलवार २०७४ – सत्तारुढ नेपाली कांग्रेसले पूर्व सांसदहरुलाई पनि कर्मचारीलाई जस्तै पेन्सन दिनुपर्ने प्रस्ताव गरेको छ । पूर्व पदाधिकारीको सुबिधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सोमवार संसदको राज्यव्यवस्था समिति बैठकमा भएको छलफलमा कांग्रेस सांसदहरुले पेन्सनको प्रस्ताव राखेका हुन् ।

कांग्रेस संसदीय दलकी सचेतक इश्वरी न्यौपाने, अर्जुन जोशी लगायतले सांसदलाई राज्यले पेन्सन लगायत सुबिधा उपलव्ध गराउनुपर्ने र विधेयकमा यो पनि व्यवस्था थप्नुपर्ने माग गरे ।

सचेतक न्यौपानेले भनिन्, ‘पूर्वसांसद जस्तो सम्मानित व्यक्तित्वहरुलाई राज्यले बेवास्ता गर्दै आएपनि अब त्यसो गर्नु हुँदैन ।

कांग्रेसका अर्का सांसद अर्जुनप्रसाद जोशीले निष्ठापूर्वक जनताको सेवा गरेका पूर्वसांसदहरुलाई पनि पूर्व पदाधिकारीको मान्यता दिइ सुविधा उपलब्ध गराउनुपर्ने धारणा राखे ।

यसैगरी जनमोर्चाका सांसद चित्रबहादुर केसीले भने जनतामाथि एकपछि अर्को पीडा थपिएको बेला पूर्व सांसदहरुलाई सुविधा दिने विषय उठाउन नहुने टिप्पणी गरे । 

प्रतिक्रिया दिनुहोस्