Logo

ओएस नेपाल म्यूजिक अवार्डमा सर्वोत्कृष्ट पप गीतकार बनिन् सुमार्गी

स्तावेज संवाददाता भाद्र २४ गते शनिवार, २०७४ ,काठमाडौँ – ओएस नेपाल म्युजिक अवार्ड- २०७४ मा वेस्ट लिरिसिस्ट, पप विधाको अवार्ड कवि तथा गीतकार अस्मिता सुमार्गीले जितेकी छन्। सुमार्गी थाहा खबर प्रालिकी अध्यक्ष समेत हुन् । २०७३ बैशाखदेखि २०७४ असारसम्म सार्वजनिक भएका गीत/संगीतका स्रष्टा, गायक तथा संगीतकारहरूलाई विभिन्न ४३ विधामा शुक्रबार अवार्ड प्रदान गरिएको थियो । सुमार्गीले ‘ती नजरले…’ बोलको गीतका लागि वेस्ट लिरिसिस्ट, पप विधाको अवार्ड जितेकी हुन् ।

उक्त गीतमा संगीत र स्वर उदेश श्रेष्ठको रहेको छ । सो विधामा गीतकारहरू विष्णुराज गुरुङ, आनन्द अधिकारी, तेञ्जिङ भुटिया र डीपी खनाल पनि मनोनयनमा परेका थिए । एसएमएस भोटिङमा सुमार्गीको गीतको शब्द उत्कृष्ट ठहरिएको हो । लोक दोहोरीतर्फ उत्कृष्ट म्युजिक एरेन्जरमा कृष्ण विक, डाइरेक्टरमा कपिल लामा, म्युजिकमा शहदेव कोइराला, म्युजिक भिडियो मोडलतर्फ पुरुषमा दुर्गेश थापा र वेष्ट भोकल नवोदित गायिकामा अवार्ड संगीता मगरले अवार्ड प्राप्त गरे ।

त्यस्तै वेष्ट लिरिक्समा कस्तुप पन्त र वेस्ट म्युजिक भिडियो एडिटरमा दीपक विष्टले अवार्ड प्राप्त गर्दा लोक गीततर्फ उत्कृष्ट गायकमा पुष्कल शर्मा सम्मानित भए। यस्तै, आधुनिकतर्फ सर्वाेत्कृष्ट गायकमा सुरजकुमार थापा र नवोदित गायकमा सुरेन गौतमलाई अवार्डसहित सम्मान गरिएको छ। पप संगीततर्फ सुमार्गीका अलावा अमित ज्वला, नवोदित गायकमा रुदेश डंगोलले अवार्ड प्राप्त गर्दा वेष्ट पप गीत फिमेल रीता गुरुङ सम्मानित भइन् । यस क्रममा विभिन्न भाषा भाषीका गीत/संगीतका स्रस्टाहरूलाई पनि अवार्ड प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्