Logo

रक्तदान गर्न अनुरोध गर्दै मिस पुर्वान्चल २०१७ का सहभागी सुन्दरीहरु

स्तावेज,भाद्र २५ गते आईतवार, २०७४,धरान – शनिबार बिहानैदेखि धरानको भानुचौक स्थित घण्टाघर गेट बाहिर हरियो टिसर्ट लगाएका युवतीहरु बाटोमा हिंडिरहेका मानिसहरुलाई रक्तदान गर्न अनुरोध गरिरहेका थिए । एउटै पहिरनका ती युवतीहरु मिस पूर्वाञ्चलका सहभागी हुन् । 

धरानमा आयोजना  भइरहेको नेपालआइस नेचुरा मिस पुर्वान्चल २०१७ का सहभागी युवतीहरुले शनिवार दिनभरि धरानबासीलाई रक्तदानका लागि आग्रह गरे। आठ वर्षदेखि सञ्चालन भैरहेको मिस पूर्वान्चलले आफ्नो सुरुवातदेखि नै रक्तदान कार्यकर्मलाई निरन्तरता दिँदै आएको छ । रक्तदान प्रति जनचेतना जगाउने अभिप्रायले कार्यक्रममा समावेश गरिँदै आएको आयोजक सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले बताए ।  यो बर्ष रक्तदान कार्यक्रम एनआईसी । एशिया बैंक लिमिटेड को सहकार्यमा गरिएको थियो । बैंका शाखा प्रबन्धक बिशाल श्रेष्ठले  रक्तदान गर्दै सामाजिक तथा जनचेतनामूलक कार्य भएकाले आफू सहभागी भएका बताए । बैकका अन्य कर्मचारीहरुले पनि रक्तदान गरेका थिए ।

रक्तदाता खोज्न सक्रिय मिस पूर्वाञ्चलकी प्रतियोगी मध्ये एक एजिना सिटौला आफूलाई सेवामा सहभागी हुन पाउँदा खुशी लागेको बताउँछिन् । दुई घण्टा चलेको रक्तदानमा १६ पिन्ट रगत संकलन गरिएको थियो भने सोहि समय अकस्मात बिपीकेआईएचएसमा  चाहिएको बी पोजिटिभ रगतका  रक्तदाता तथा सिजी ग्रुपका सेल्स मेनेजर खेम कुइंकेलबाट २ पिन्ट रगत संकलन गरी पठाइएको थियो । १५ बर्ष अगाडी बाट रक्तदान गरिरहेका  कुइंकेलले हाल सम्म ४६ पटक रक्तदान गरिसकेका छन् तर यसरि इमर्जेन्सी रगत चाहिएको बिरामीलाई आफ्नो रगत दिन पाउँदा मन एकदमै आनन्दित भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्