Logo

साकार अधिकारी उर्फ लील बुद्ध अश्लिल शब्दहरुको लाईभ भिडियोको कारण चर्चामा

स्तावेज,भाद्र २२, २०७४ – फेसबुक लाइभ गरेर अनेक अभिव्यक्ति दिँदै आएका र्‍यापर साकार अधिकारी उर्फ लील बुद्ध अहिले
उनको अश्लिल लाईभ भिडियोको कारण खबरहरूमा छन् । उनी बुधबार युटयुबमा खुब हेरिए । हाल अष्ट्रेलिया रहेका उनी उतैबाट तहल्का मच्चाइरहेका छन् । आमा रोजुले आफ्नो छोरालाई जिउँदै नेपाल फर्काइदिन आग्रह गरेर फेसबुकमा स्टाटस लेखेपछि साकार झनै हिट भए । उनीसम्बन्धी पाँच भिडियो बुधबार दिनभर युटयुबको नेपाल ट्रेन्डिङमा थिए ।

 साकार समेटिएका भिडियोहरू दोस्रो, चौथो, पाँचौं, पैँतालिसौं र छयालिसौं नम्बरमा देखिए । डी.सी नेपालले अपलोड गरेको ‘पिरैपिरले साकारकी आमाको बेहाल, छोरालाई बचाइदिन यस्तो अपिल’ शीर्षकको भिडियो ट्रेन्डिङको दोस्रो स्थानमा थियो । एक लाख बढी भ्युज रहेको भिडियोमा करिब पचासवटा कमेन्ट थिए । त्यसमा कपितयले साकारको मानसिक स्थिति ठीक नभएको प्रतिक्रिया दिएका छन् भने केहीले चाहिँ उनी सन्केर तथानाम बोलेको बताएका छन् । ‘आमा भनेको आमा हो,’ कालु राना लेख्छन्, ‘छोराछोरीले जस्तो काम गरे पनि माया लागिहाल्छ । अरूलाई जे भने पनि आमालाई केही नभन ।’ 

साकारले आफ्नी दिदीलाई गाली गर्नुको कारण खुलाएको भिडियो ट्रेन्डिङको चौथो नम्बरमा थियो । ‘नन एक्सप्लिसिट’ नामक युटयुब च्यानलमा उपलब्ध उक्त भिडियोमा करिब ८ सय लाइक्स थियो भने झन्डै तीन सय जनाले डिस्लाइक बटन थिचेका थिए । करिब चार सय कमेन्टस्मध्ये विजय राई नामक युटयुब प्रयोगकर्ताले लेखेका छन्, ‘साकारलाई यम बुद्धको आत्माले समातेजस्तो छ । परिवारले चाँडै कदम चाल्नुपर्‍यो ।’ उनको कमेन्टमा बीसवटा लाइक्स देखिए । रमा बस्नेतले चाहिँ आफू साकारको पक्षमा रहेको उल्लेख गरेकी छन् ।

ट्रेन्डिङको पहिलो स्थानमा ‘हिमालयन रोडिज : राइजिङ थ्रु हेल’ को एपिसोड १० थियो । सेप्टेम्बर ४ मा अपलोड भएको भिडियोमा तीन लाख भ्युज हुँदा झन्डै दुई हजारवटा फिडब्याक आएका थिए । चार हजारले भिडियो लाइक गरिरहँदा तीन सयले डिस्लाइक बटन थिचेको पाइयो । सपना गुरुङले उक्त रियालिटी सोमा गुटबन्दी बढी भएको प्रतिक्रिया छोडेकी छन् । ‘यस्तै ताल हो भने, रोडिजको विजेतालाई कसैले सम्झिँदैन,’ उनी लेख्छिन्, ‘अर्को सिजनमा अलि इन्टरेस्टिङ ट्वीस्ट होस् । सहभागीहरू बलियो गरी प्रस्तुत होऊन् ।’ 

इन्डिया टीभीबाट प्रसारण हुने ‘आप की अदालत’ को पछिल्लो शृंखलामा बलिउड अभिनेत्री कंगना रनोट उपस्थित थिइन् । उनको त्यही अन्तरवार्ता ट्रेन्डिङको तेस्रो नम्बरमा देखिँदा यसको भ्युज ३६ लाखभन्दा बढी थियो । बलिउड क्विनका रूपमा परिचित कंगना निर्भीक अभिव्यक्तिका कारण सधैँ चर्चामा आउँछिन् । १ घण्टा १७ मिनेटको उक्त भिडियोमा पनि उनले सारा सत्य ओकलेको भन्दै युटयुब दर्शकले बूढीऔंला देखाएका छन् । ‘लभ यु कंगना’, प्रज्ञा प्रशन्न नामक एकाउन्टको कमेन्ट यस्तो छ, ‘महिलाहरूको लागि तपाईं प्रेरणाको स्रोत हुनुहुन्छ । तपाईंको फाइटिङ स्पिरिटलाई सलाम । हृतिक रोशनलाई त नांगेझार पारिदिनुभयो ।’ 

ट्रेन्डिङको चौथो र पाँचौं स्थानमा साकारका भिडियो थिए भने छैटौंमा ‘छक्का पञ्जा २’ को गीत ‘म त यता किनारमा…’ परेको थियो । हिन्दीमा डबिङ गरिएको तामिल फिल्म ‘कास्मोरा’ सातौं नम्बरमा छँदा नेपाल आइडलको एपिसोड ३२ आठौं स्थानमा पर्‍यो । गायक राजेशपायल राईले नेपाल आइडलमा दिएको प्रस्तुतिमाथि बनाइएको भिडियो ट्रेन्डिङको नौ नम्बरमा थियो । श्रीलंकन र्‍यापर इराज र गायिका इन्दिरा जोशीको नयाँ गीत ‘मेरो बाबा…’ चाहिँ दस नम्बरमा परेको थियो । यसअघि उनीहरूले ‘बेहुली…’ गीतमा सहकार्य गरेका थिए ।

टप फाइभ (बुधबार दिउँसोसम्म)

१. हिमालयन रोडिज राइजिङ थ्रु हेल

२. पिरैपिरले साकारकी आमाको बेहाल

३. आप की अदालतमा कंगना रनोट

४. साकारकै साथीले कट्टा हान्यो

५. साकार : किन गरेँ दिदीलाई गाली

 साभार ,कान्तिपुर

प्रतिक्रिया दिनुहोस्