Logo

के रोबोटसँग सहबास सम्बन्ध सम्भव छ ?

स्तावेज,भाद्र १९ गते सोमवार २०७४,काठमाडौँ – रोबोटसँग शारीरिक सम्बन्ध राख्नु हुन्छ कि हुँदैन ? रोबोटसँग विवाह गर्न सकिन्छ कि सकिदैन ? रोबोटलाई पनि शारीरिक सम्बन्धका बारेमा सहमति वा असहमति जनाउने अधिकार छ कि छैन ?  माथिका यी प्रश्न यस्ता केही प्रश्नहरु ‘लभ एण्ड सेक्स विथ रोबोट्स’ विषयलाई लिएर लन्डनको गोल्डस्मिथ युनिभर्सिटीमा भएको भेलामा उठाइएका प्रश्नहरु हुन् ।

 के रोबोटसँग सेक्स हुनसक्दैन र ?
के कम्पनीका निर्देशक रोबोट हुनसक्छ ?

‘लभ एण्ड सेक्स विथ रोबोट्स’ विषयमा मलेशियामा भेलाको आयोजन गर्न मलेशियनले रोक लगाएपछि यो भेला लन्डनको गोल्डस्मिथ युनिभर्सिटीमा सारिएको थियो । लन्डनमा भएको उक्त भेलामा रोबोटसँग मानवीय मूल्य र मान्यता कस्तो रहन्छन् भन्ने बिषयमा विवादित प्रश्नहरु बाहिर आएका छन् । भेलामा सेक्स रोबोट कम्पनीलाई संलग्नता गरिएको थिएन भने कुनै प्रकारको सेक्स रोबोट पनि प्रदर्शनमा राखिएको थिएन । केही व्यक्तिले उक्त भेलाको औचित्यमाथि नै प्रश्न उठाएका छन् । 

मानिस भन्दा धेरै बुद्धिमानी हुन्छन् रोबोट ? 
एक रोबोट जसले अर्को रोबोटको निर्माण गर्न सक्छ ? 

रियल डल्स क्यालिफोर्निया सेक्स टोय बनाउने एक प्रमुख कम्पनी हो । कम्पनीले आउने बर्ष कृत्रिम बुद्धिमानयुक्त एक सेक्स टोयको तयार गर्न लागेको जानकारी गराएको थियो । यदि कम्पनीले साँच्चिकै यस्ता रोबोट निर्माण गर्न लागिएको डा. डेविडले बताए ।

भेलालाई सम्बोधन गर्दै उनले एण्ड्रोइड प्रविधि र मानवबीच हुनसक्ने अन्तरंग सम्बन्धको बारेमा व्याख्या गरे । उनले भने ‘आगामी दश बर्ष भित्रमा मानिसको पार्टनर जस्तै सबै गुणले सम्पन्न भएको सफ्टवेयरको निर्माण हुनेछ जसमा माया, विश्वास, सम्मान र सहनशीलता जस्ता मानवीय गुणहरुले भरिपूर्ण हुन्छ ।

मेशिनसँगको सम्बन्ध राख्दा कति खतरा हुन्छ ?
हामीले बदमासी गरे रोबोट रिसाउँछ पनि ।

डा. डेविडले भने ‘झगडालु प्रकृतिका मानिसले त्यही अनुसारको ने आक्रमक स्वभाव भएको रोबोटसँग विवाह गर्ने सकिनेछ । र , रोबोटलाई यो कुराको अनुभूति पनि हुनेछ ।’रोबोट पार्टनरका विषयलाई लिएर भेलामा कयौं नैतिक प्रश्नहरु उठाइएका छन् । 

डा.डेविड लेवीले यसका लागि कानुनले रोबोटलाई मानिसको स्थान दिनुपर्ने बताएका छन् । उनको यो कुरालाई धेरै कम्पनी र कलेजका विध्यार्थीहरुले टाउको दुख्ने काम भनि आरोप लगाएका छन् । तर केही रोबोट अधिकारीले डा.डेविडको यो कुराको प्रशंसा पनि गरेका छन् । 

रोबोटले खोस्नसक्छ आधा जनशक्तिको रोजगारी
मानिसको भित्री कोठामा समेत रोबोटको प्रवेश

डा. डेविड भन्छन् ‘यदि रोबोटले तपाइँसँग विहे गर्न चाह्यो भने उसको कुरा मान्नुपर्ने हुन्छ । अहिले मानिसको व्यवहारका आधारमा रोबोट निर्माण गर्न प्रयास गरिए पनि यसले साथीत्वको मात्र व्यवहार देखाउने उनले बताए । 

भेलामा सेक्स रोबोट उध्योगलाई कसरी अगाडि बढाउन सकिन्छ र यसलाई कसरी नैतिक मान्यता दिन सकिन्छ भन्ने विषयमा छलफल भएको गोल्डस्मिथ युनिभर्सिटीका वरिष्ठ प्रोफेसर केट डेवलीनले बताए । रोबोटको बारेमा बोल्दै उनले रोबोटको चेतन क्षमता र रोबोटप्रति मानिसको जिम्मेवारीका बारेमा छलफल भएको बताए । भेलामा रोबोटको अधिकार क्षेत्रका बारेमा समेत छलफल भएको थियो । 

  बीबीसी

प्रतिक्रिया दिनुहोस्