Logo

अनौठो ‘चुम्बक बालक’

स्तावेज,भाद्र १९ गते सोमवार २०७४,काठमाडौं- डाक्टरहरू एक बालकको शरीरमा धातुका सामानहरू टाँसिएका देखेर अचम्भित भएका छन् । खबर बोस्नीया हर्जगोभिनाका एर्मान डेलिक्स नामको बालकको हो । उनका बाआमा पनि छोराको यस्तो अस्वभाविक कृत्य देखेर हैरान छन् । उनले शरीरमा चम्चा सिक्का तथा थुप्रै चीजहरू सहजै टाँसेका छन् ।

उनका परिवारले उनलाई डाक्टरको देखाउन लग्दा डाक्टरहरू चित खाएका हुन् । डाक्टरहरूले बच्चालाई यस्तो हुनुको कारणबारे कुनै चित्तबुझ्दो जवाफ दिन सकेका छैनन् । कार्टुन र स्वैरकाल्पनिक कथाहरूमा मात्र यस्ता चरित्रहरू यदाकदा पाइने गरेका छन् जसको शरीरमा धातुहरू टाँसिन्छन् ।

सानो बाबु एर्मानले आफूले पेन्चिस, मोबाइल तथा अन्य सामानहरू पनि शरीरमा सहजै टाँस्न सक्ने बताएका छन् । चिकित्सक र बैज्ञानिकहरूले मान्छेको शरीरमा भएको एकखालको ग्रिजी (चिप्लो) छालाको कारण यसरी सामानहरू टाँसिएको मान्ने गर्छन् ।

 

प्रतिक्रिया दिनुहोस्