Logo

म्यानमारमा एघार हजार नागरिक विस्थापित

स्तावेज ,भाद्र १७ गते शनिवार २०७४, याङ्गुन – म्यानमारको उत्तरी राज्य राखिनमा जारी हिंसाका कारण एघार हजार ७२ नागरिक आन्तरिक रुपमा बिस्थापित भएका छन्।  आतङ्कवादीको आक्रमणका कारण उनीहरु विस्थापित भएका ‘ग्लोबल न्युलाइट अफ म्यानमार’का अधिकारीहरुले बताए।

आक्रमणमा परी सात हिन्दू नागरिकसहित १४ सर्वसाधारणको मृत्यु भएको बताइएको छ।  गत अगस्त २५ देखि ३१ सम्ममा मात्रै ५२ वटाभन्दा बढी आतङ्कवादी आक्रमण भएका छन्। राखिन र माउङ्गताउ विभिन्न गाउँमा दुई हजार ६२५ वटा घरमा आतङककारीहरुले आगजनी गरेका छन्।  म्यानमारमा अराकान रोहिङ्यासम्बन्धी आतङ्कवादी समूहले आक्रमण गरेको बताइएको छ। यसैबीच भएका आमक्रमणहरुमा १३ जना सुरक्षाकर्मी मारिएका छन्, भने १५ जना घाइते भएका छन्। 

आतङ्कवादीतर्फ पनि ठूलो क्षति भएको र ३७० जनाको शव भेटिएको सरकारी सुरक्षाबलको दाबी रहेको छ।  पछिल्ला केही दिनयता म्यानमारको रोहिङ्या मुसलमान समूदायमा भड्किएको हिंसापछि ३८ हजार मुस्लिमहरु भागेर बङ्गलादेशको सीमा क्षेत्रमा पुगेका संयुक्त राष्ट्रसंघले जनाएको छ।  राष्ट्रसंघका अनुसार बङ्गलादेशको रोहिङ्या राज्यमा भएका हिंसापछि भागेर जाने क्रममा नदीले बगाएर तथा डुबेर मृत्यु हुनेको संख्या शुक्रबार मात्रै दर्जनौँ पुगेको थियो ।  एउटा नयाँ रोहिङ्या विद्रोही समूहले २० वटा प्रहरी चौकीमा आक्रमण गरेपछि पछिल्ला हिंसा झन भड्किएको सुरक्षा स्रोतले जनाएका छन्।

             रासस

प्रतिक्रिया दिनुहोस्