Logo

अमेरिकी बेरोजगार दरमा ४.४ प्रतिशतको वृद्धि

स्तावेज संवाददाता भाद्र १७ गते शनिवार २०७४,वासिङ्टन डी.सी  अमेरिका – अमेरिकी बेरोजगार दरमा अघिल्लो महिनाको तुलनामा अगस्टमा ४.४ प्रतिशतले वृद्धि भएको छ । अगस्तमा मात्रै एक लाख ५६ हजार अमेरिकीले रोजगारीका थप अवसर पाएका तर यो अघिल्ला बर्षको तुलनामा सन्तोषजनक नभएको अर्थविद्हरूले बताएका छन् ।

अमेरिकी अर्थतन्त्रमा नौ बर्ष पहिले देखिएको आर्थिक मन्दीबाट क्रमश सुधार आएको पाइएपनि अपेक्षाकृत सुधार देखिएको छैन । अमेरिकी श्रम विभागले बेरोजगार दर ४.४ प्रतिशत पुगेको छ । जुन र जुलाईमा बेरोजगारको सङ्ख्या घटेर ४१ हजारमा पुगेको थियो । अमेरिकी अर्थतन्त्रको सुधारसँगै गरेको योगदानले यसबर्ष औषतमा एक लाख ७६ हजार रोजगारका अवसर सिर्जना भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्