Logo

हेल्थ अवार्ड २०७४ सम्पन्न

स्तावेज, भाद्र १६ गते,शुक्रवार,२०७४ ,काठमाडौं   स्वास्थ्य खबरपत्रिकाले प्रदान गर्दै आएको हेल्थ अवार्ड २०७४ बाट चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, स्ययंसेविका, अस्पताल, सामाजिक संस्था र स्वस्थ ज्येष्ठ नागरिक सम्मानित भएका छन् ।

यसवर्ष उत्कृष्ट डाक्टर मुगु जिल्ला अस्पतालमा कार्यरत डा. जितेन्द्र कँडेल  र उत्कृष्ट नर्स बाग्लुग जिल्ला जनस्वास्थ्य कार्यालयमा कार्यरत हरिकाशी पालिखे भए । यसैगरी लाइफटाइम अचिभमेन्ट अवार्डबाट आँखा उपचारका क्षेत्रमा योगदान पुर्याएवाफत डा. राम प्रसाद पोखरेललाई प्रदान गरियो ।

सुदूरपश्चिममा पुगेर स्वास्थ्य क्षेत्रमा योगदान दिएका जनस्वास्थ्य अधिकृत परशुराम श्रेष्ठ उत्कृष्ठ जनस्वास्थ्य अधिकृत ठहरिए भने भरतपुर अस्पताल उत्कृष्ट अस्पताल बन्यो ।

सिरहामा कार्यरत सिअहेव गंगाराम साह उत्कृष्ट स्वास्थ्यकर्मी, राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन- कोशिश उत्कृष्ट सामाजिक संस्था, भगवानलाई भेट्नुअघि बिरामीलाई भेट्ने स्वयंसेविका उर्मिला खत्वे उत्कृष्ट स्वयंसेविका ठहरिइन् ।

यस वर्षदेखि आरम्भ गरिएको स्वस्थ नागरिक अवार्ड धनगढीका ९२ वर्षे बद्रीनाथ भण्डारीलाई दिइएको छ । अवार्ड अर्थमन्त्री  ज्ञानेन्द्र बहादुर कार्की र सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले संयुक्त रुपमा वितरण गरेका छन् । यही अवसरमा हेल्प पब्लिकेशन प्रालिको नयाँ अनलाइन नेपाल लाइभ डटकमको पनि शुभारम्भ गरिएको छ ।

स्वास्थ्य खबरपत्रिका

प्रतिक्रिया दिनुहोस्