Logo

अभिनेता सरोज खनालको मिर्गौलाको पत्थरीको शल्यक्रिया

स्तावेज, भाद्र १६ गते,शुक्रवार,२०७४ ,काठमाडौं   अभिनेता सरोज खनालको मिर्गौलाको पत्थरी शल्यक्रिया गरी निकालिएको छ । मिर्गौलामा पत्थरी भएर स्वास्थ्यमा समस्या आएपछि उनी बल्खुस्थित वयोधा अस्पताल भर्ना भएका थिए । 
 

 भदौ १४ गते अस्पताल भर्ना भएका उनको सोही दिन शल्यक्रिया गरिएको थियो । अस्पतालका वरिष्ठ युरो सर्जन डा. सञ्जय खड्गी नेतृत्वको टोलीले उनको शल्यक्रिया गरेको हो । अहिले अभिनेता खनाल अस्पतालमै स्वास्थ्य लाभ लिइरहेका छन् । दुई दिनपछि उनको डिस्चार्ज हुने अस्पताल स्रोतले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्