Logo

सिद्धार्थ बैंकको शाखा विस्तार

स्तावेज संवाददाता, भाद्र १६ गते,शुक्रवार,२०७४ ,काठमाडौं  – सिद्धार्थ बैंकले काठमाडौंको जोरपाटी र कुलेश्वरमा नयाँ शाखा विस्तार गरेको छ । शुक्रबार राजधानीमा सिद्धार्थ बैंकले एक कार्यक्रम गरी नयाँ शाखाहरुको सुरुआत गरेको हो । बैंक सन्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले ती शाखाहरुको उद्घाटन गरेका हुन् । ती शाखासँगै सिद्धार्थ बैंकको शाखा संख्या ७७ पुगेको छ । हाल बैंकका दुईओटा एक्सटेन्सन काउन्टर, ९८ ओटा एटीएम र ७० ओटा शाखा रहेको पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्