Logo

म्यानमारबाट चालीस हजार मुसलमान रोहिंज्या शरणार्थीहरु बंगलादेशमा

स्तावेज संवाददाता, भाद्र १६ गते,शुक्रवार,२०७४ ,काठमाडौं  – म्यानमारमा तनाव चर्किएपछि गएको एक साताभित्र करिब चालीस हजार मुसलमान रोहिंज्या शरणार्थीहरु भागेर छिमेकी राष्ट्र बंगलादेशमा पसेका छन् । गत शुक्रबार  डुंगाबाट सीमाक्षेत्र पार गर्ने क्रममा ११ बालबालिका सहित २६ जनाले ज्यान गुमाएको खुलासा भएको छ ।

  म्यानमारस्थित सैनिकसूत्र भन्छन् गत ६ दिनमा त्यहाँ मच्चिएको हिंसाका कारण ३७० जना मारिएका छन्। एउटा नयाँ रोहिंज्या विद्रोही समूहले २० वटा प्रहरी चौकीमा आक्रमण गरेपछि पछिल्ला हिंसा भएका हुन् । राष्ट्रसंघकी एक मानवअधिकार विज्ञले म्यानमारको राखाइन राज्यमा चलेको हिंसाको चक्रप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन् । 

प्रतिक्रिया दिनुहोस्