Logo

यसवर्षको पद्मश्री पुरस्कार ‘सगरमाथाको गहिराइ’लाई दिईने

स्तावेज संवाददाता, भाद्र १६ गते,शुक्रवार,२०७४ ,काठमाडौं  – खेमकला–हरिकला लामिछाने प्रष्ठिान, चितवनले विसं. २०७३ सालको पद्मश्री पुरस्कार नवराज पराजुलीकृत सगरमाथाको गहिराइलाई अर्पण गर्ने निर्णय गरेको छ । दुई लाख रुपैयाँ पुरस्कार राशि रहेको उक्त पुरस्कारका लागि जनकराज सापकोटाको कहर, नगरकोटीद्दारा लिखित घाटमाण्डु, राज सरगमको छाउघर, नविन विभासको रोल्पा सुइना मनोनयनमा परेको थियो ।

यिनै पाँच कृति मध्येबाट विद्दान मूल्याङ्कन कर्ताहरूको निर्णयानुसार पराजुलीलाई पुस्कृत गर्ने निर्णय गरिएको  संरक्षक जीवा लामिछानेले जानकारी दिए । त्यस्तै, २०७३ कै पद्मश्री साधना सम्मान रोचक घिमिरे र नगेन्द्रराज शर्मालाई संयुक्त रूपमा दिने निर्णय भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्