Logo

‘फ्री भिसा फ्री टिकट’मा गोलमाल गर्ने ३० म्यानपावर कम्पनीलाई कारबाही

स्तावेज संवाददाता, भाद्र १६ गते,शुक्रवार,२०७४ ,काठमाडौं – फ्री भिसा फ्री टिकटको विवरण गोलमाल गर्ने ३० वटा म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले कारबाही गरेको छ । फ्री भिसा फ्री टिकट कार्यान्वयनका सन्दर्भमा विभागले म्यानपावर कम्पनीहरुलाई विवरण पेश गर्न निर्देशन दिएको थियो । तर विभागको निर्देशन अनुसार प्रतिवेदन पेस नगरेर फ्री भिसा फ्री टिकटको प्रतिवेदनमा ३० वटा म्यानपावर कम्पनीले गोलमाल गरेको भेटिएको हो । 

वैदेशिक रोजगार विभागले फ्री भिसा फ्री टिकटको विवरण गोलामाल गर्ने ३० म्यानपावर कम्पनीलाई कारबाही गरेको जनाएको छ ।वैदेशिक रोजगार विभागमा प्रवक्ता मोहन अधिकारीले सम्पूर्ण म्यानपावर कम्पनीहरुलाई विवरण पेश गर्न निर्देशन दिइएको भएपनि ३० म्यानपावर कम्पनीले अटेरी गरेको बताए ।

अटेर गर्ने ३० म्यानपावर कम्पनीलाई कारबाही गरिएको उनले जानकारी दिए । ‘विवरण नपठाउने ३० कम्पनीलाई विभागले स्पष्टिकरण मागेको थियो,’ विभागका प्रवक्ता अधिकारीले भने, ‘विभागलाई स्पष्टिकरण बुझाएका १४ कम्पनीलाई जनही ५० हजार जरिवाना गरिएको छ ।’ 

बाँकी १६ कम्पनीले विभागलाई स्पष्टिकरण समेत बुझाएनन् । विभागले स्पष्टिकरण नबुझाउने १६ कम्पनीलाई जनही एक लाख जरिवाना गरेको छ । ‘एक लाख भएका कम्पनीहरुलाई पनि विवरण पेश गर्न फेरि निर्देशन दिएका छौं, कतिपयले विवरण बुझाइरहेका छन्,’ अधिकारीले भने, ‘फ्री भिसा फ्री टिकट कार्यान्वयनमा समस्या देखिएको गुनासो आएपछि विभागले विवरण मागेको हो ।’

फ्री भिसा फ्री टिकटमा विदेश पठाउँदा १० हजार रुपैयाँ भन्दा धेरै रकम कामदारसँग लिन पाइँदैन । सुशील कोइराला नेतृत्वको तत्कालिन सरकारले २६ जेठ ०७२ को मन्त्रीस्तरीय निर्णयबाट मलेसिया, कतार, साउदी अरब, युएई, बहराइन, ओमन र कुवेत जाने कामदारले भिसा र टिकटको रकम तिर्नुनपर्ने निर्णय गरिएको थियो । तर म्यानपावर व्यवसायिहरुले खुलेआम सरकारले तोकेको भन्दा धेरै रकम लिएर विदेश पठाउने गरेका छन् ।

म्यानपावर कम्पनीहरुले कम्तीमा पनि ५० हजार रुपैयाँ नलिइ कामदारलाई विदेश पठाउँदैनन् । तर म्यानपावर कम्पनीको नियमन गर्ने वैदेशिक रोजगार विभागले कम्पनीहरुलाई नियमन गर्न सकिरहेको छ । फ्री भिसा फ्री टिकटको सन्दर्भमा लामो समयदेखि गुनासो आइरहेको छ । तर विभागले अहिले आएर बल्ल ३० कम्पनीलाई कारबाही गरेको हो । आर्थिक वर्ष २०७३/०७४ को विवरण विभागले मागेको थियो । विभागले मागेको विरण नमागेपछि कम्पनीहरुलाई कारबाही गरिएको हो । हाल नेपालमा चलेका तथा बन्द भएको अवस्थामा झण्डै एक हजार म्यानपावर कम्पनी छन् ।

विभागको कारबाहीमा परेका कम्पनीहरू

सिद्धार्थ गौतम ओभरसिज
यूनाइटेड प्लेसमेन्ट एण्ड इम्प्लोइमेन्ट
क्यापिटल रिक्वीटमेन्ट
मुनलाइट इन्टरनेसनल
सन रे ग्लोबल
स्काई इन्टरप्राइजेज
इनोभेटिभ सर्भिसेस
फिरडोस इन्टरनेसनल
एस आर एस ओभरसिज सर्भिसेस
रेड रोज इन्टरनेसनल
हमिद इन्टरनेसनल
सार्प ह्युमन रिसोर्सेस
नेपाल रिक्वीटिङ
कौशिक जनशक्ति
मुस्ताङ ओभरसिज
सिनमल गुर्खा 
राइजिङ स्टार ओभरसिज
बेबि एन्जल
पिस नेपाल ओभरसिज
जब सिकर म्यानपावर
सारथी ओभरसिज
एसोसियट्स वेलकम
रिजा ओभरसिज
एपोलो ओभरसिज
एबिसी ओभरसिज
स्तुपा ओभरसिज
मेरिडेज ओभरसिज
ओमश्री महाशक्ति ओभरसिज
ढुवानी इन्टरनेसनल
एनएसओ कन्सल्ट

प्रतिक्रिया दिनुहोस्