Logo

टेक्ससको रासायनिक केन्द्रमा विस्फोट, ३३ को मृत्‍यु

 दस्तावेज संवाददाता भाद्र १५ गते बिहिवार २०७४ – ‘आपतकालीन सेवाका अधिकारीहरुले बाढी प्रभावित अमेरिकी शहर ह्युस्टन नजिकको क्रोस्बीस्थित आर्केमा रासायनिक केन्द्रबाट दुईवटा विस्फोटको आवाज आएको र कालो धुवाँ निस्किएको विवरण दिएका छन्। आँधी  ‘ हुरिकेन हार्बी’ले निम्त्याएको भीषण वर्षापछि उक्त केन्द्रले रासायनिक यौगिकलाई चिसो अवस्थामा राख्नुपर्ने क्षमता गुमाएको बताइएको छ।

कम्पनीले विस्फोट रोक्ने अरु कुनै उपाय नरहेको चेतावनी दिएको थियो । विस्फोटअघि उक्त स्थानलाई सुरक्षित राख्न सघाइरहेका एक प्रहरी अधिकृतले धुवाँको मुस्लो निलेपछि उनलाई अस्पताल भर्ना गरिएको छ। अन्य मानिस पूर्वसावधानी स्वरुप आफैं अस्पताल भर्ना भएका छन् । आँधीपछि पूर्व टेक्ससमा कम्तीमा ३३ जनाको ज्यान गइसकेको छ।

प्रतिक्रिया दिनुहोस्