Logo

वडा सचिव दिपकबाबु दर्जी ३५ दिनदेखि बेपत्ता

स्तावेज संवाददाता भाद्र १०, गते शनिबार, २०७४ गोरखा – जिल्लाको अजिरकोट गाउँ पालिकाको वडा नं. ३ र ५ का वडा सचिव ३५ दिनदेखि गाउँपालिकाको बेपत्ता छन् । गत साउनको ५ गते वडा नं. ३ वडा अध्यक्ष तयाराज गुरुङ्गसँग चार दिनको बिदा मागेर हिँडेका दिपकबाबु दर्जी अहिलेसम्म कार्यालयको सम्पर्कमा नआएको गाउँपालिकाका अध्यक्ष फडिन्द्र धितालले जानकारी दिए।  धितालले सचिवको अभावमा काम रोकिएको बताए ।

सचिवले नै गर्नुपर्ने पञ्जिकरण लगायतको कामहरु अहिले वडाबाट हुन नसकेको वडा अध्यक्ष गुरुङ्गले बताए  ।  ‘मसँग साउनको पाँच गते चार दिनको लागि बिदा चाहियो भनेर बिदा मागेर हिडेंका हुन्,’ गुरुङ्गले भने,‘नौ गते म जसरी पनि हाजिर हुन्छु अहिले विदा दिनुपर्‍‍यो भनेपछि मैले बिदा दिँए । त्यसपछि एकपटक पनि सम्पर्क हुन सकेको छैन।’

दर्जीलाई फोन गर्दा गर्दा वडा अध्यक्ष गुरुङ्ग आजित भएका छन्। ‘म त फोन गर्दा गर्दा आजित भएको छु’ उनले भने ‘फोन उठाउन छोडेपछि म्यासेज त कति गरेँ गरेँ। तर म्यासेजको रिप्लाई नै आउँदैन।’ सचिव नहुँदा पञ्जिकरणका कामहरु, बसाइँ सराईको सिफारिस, जन्मदर्ता, मृत्युदर्ता लगायतको कामहरु प्रभावित भएको छ ।  वडा अध्यक्ष गुरुङ्गका अनुसार पञ्जिकरणको काम सचिवले नै गर्नुपर्ने कार्यविधि रहेको छ।  

प्रतिक्रिया दिनुहोस्