Logo

किन चाहिन्छ हामीलाई भिटामिन ?

स्तावेज, भाद्र ८ गते बिहीबार २०७४ – हामीलाई स्वस्थ रहन तथा उमेर अनुसार शारीरिक विकास तथा स्थिरताका लागि भिटामिन आवश्यक पर्छ । कोषिकाहरूले हाम्रो शरीरको संरचना गर्छन्, तिनीहरूलाई नियमित कार्य सहज रूपमा गर्न भिटामिनको आवश्यकता पर्छ । भिटामिनको प्राकृतिक स्रोत हाम्रो भोजनलाई मानिन्छ ।

 यदि हामी स्वस्थ छौँ र नियमित स्वस्थ, ताजा तथा सन्तुलित भोजन खाने गरेका छौँ भने हामीले सामान्य जीवनयापन गर्न आवश्यक भिटामिन नियमित रूपमा प्राप्त गरिराखेका हुन्छौँ । केही भिटामिन हाम्रो नियमित भोजनका लागि प्रयोग गरिने सामग्रीमा उपलब्ध हुन्छन् । ती पकाउने वेला, प्रशोधन गर्ने प्रक्रियामा तथा भण्डारण गर्दा ह्रास हुने गर्छ ।

केही व्यक्तिमा अस्वस्थताका वेला उपचारका लागि अत्यधिक मात्रामा भिटामिन प्रयोग गर्ने बानी हुन्छ । भिटामिनको यस्तो मात्रा हामीलाई हानिकारक हुन सक्छ । किनभने, थोरै मात्रामा भिटामिनको आवश्यकता परेका वेला धेरै सेवन गरियो भने त्यसले झन् अस्वस्थ बनाउन सक्छ । 

भिटामिन अल्पताको जोखिम हुनसक्ने अवस्था

अत्यधिक मदिरा सेवन, आर्थिक अवस्था कमजोर हुनु, गरिबी, अशिक्षा, अज्ञानता, खाध्य असुरक्षा जस्ता अवस्थामा भोजनमा केही भिटामिनको अल्पता हुन सक्छ । कुनै गम्भीर बिरामीपछि पुनः स्वास्थ्य लाभ गर्दा वा शल्यक्रियापछि गर्भवती भएको वेला, साना बच्चालाई दूध चुसाउने वेला, पाको उमेर, बुढ्यौली उमेरमा थप भिटामिनको आवश्यकता पर्छ । उचित चेतनाको अभाव तथा आन्द्राभुँडीको क्षयरोग भएको अवस्थामा भिटामिनयुक्त खाना भण्डारण गर्न असफल हुँदा भिटामिनको कमी हुन सक्छ । एन्टिबायोटिक पिल्सहरू लकजेटिभ जस्ता औषधिको प्रयोगले शरीरमा भीटामिनको मात्रामा परिवर्तन गराउँछ ।

भिटामिनको वर्गीकरण

बोसोमा घुलनशील

 घुलनशील हुने कलेजो तथा बोसोयुक्त तन्तुमा भण्डारण हुने भिटामिन बिस्तारै घट्दै जान्छ । भिटामिन ए, डी, ई र के यस वर्गमा पर्छन् । यिनको अत्यधिक मात्रा भने हानिकारक हुन सक्छ ।

पानीमा अघुलनशील

यी भिटामिन शरीरबाट चाँडै बाहिरिने गर्छ । जसले गर्दा यस्तो खालको भिटामिन दैनिक रूपमा आवश्यकता पर्दछ । भिटामिन बी १, बी २, बी ६, बी १२ जस्ता भिटामिन यस वर्गमा पर्दछन् । यिनीहरू भोजन सामग्री पकाउँदा सजिलै नष्ट हुने गर्दछ ।

 ख्याल गर्नुपर्ने कुरा

१ . सधैँ विविध खानेकुरा खानुस् , दिनमा चारपटक फलफुल तथा विभिन्न किसिमका मिश्रित तरकारी खाने गर्नुपर्छ ।

२. खाना राम्रोसँग पकाएर खानुपर्छ ,तरकारीहरू छोटो समयमा थोरै पानी हाली पकाउने गर्नुपर्छ ।

३. फ्रिजमा सफा गरी राखेका तरकारी पुनः पानीमा नभिजाई तुरुन्त पकाउनुस् । यसले तरकारीमा भएको भिटामिनलाई संरक्षित गर्छ ।

४. कुनै समस्या पर्‍यो भन्दैमा सामाधानका लागि भिटामिन खाइनहाल्नुहोस् ।

५. तरकारी साह्रै मसिनो गरी नकाट्नुस् , पकाउनुभन्दा पहिला पानीमा नभिजाउनुस् ।

६. तरकारी पकाउँदा सोडा नहाल्नुस् , तामा तथा पित्तलको भाँडामा नपकाउनुस् ।

 ७. प्राकृतिक भोजन खाने कोसिस गर्नुस् ,जंकफुडको पछाडि नलाग्नुस् , अनिमात्र तपाईँको शरीरका तन्तुहरूले चाहेको मात्रामा भिटामिन    पाउनेछन् र तपाईँ स्वस्थ, तन्दुरुस्त, फुर्तिलो हुनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्