Logo

नेपाल र भारतबीच ८ समझदारी पत्रमा हस्ताक्षर

स्तावेज संवाददाता भाद्र ८ गते बिहीबार २०७४ काठमाडौं – प्रधानमन्त्री शेबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको टोलीबीच बिहीबार भएको औपचारिक भेटवार्ता सकिएको छ । वार्तापछि नेपाल र भारतबीच विभिन्न ८ समझदारी पत्रमा हस्ताक्षर भएको छ। 
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रणका क्रममा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा बिहीबार समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रको अाठ वटामध्ये ४ समझदारी भूकम्पपछिको पुनर्निर्माणसँग सम्बन्धित छन्।

स्रोतका अनुसार भूकम्पपछिको पुनर्निर्माण सम्बन्धी यसअघि भारतले पुनर्निर्माणका लागि दिने भनिएको सहयोगको कार्यान्वयन सम्बन्धी रहेको छ । जसमा पुनर्निर्माणका लागि भारतले दिने घोषणा गरेको १ अर्ब रुपैयाँ तथा स्वास्थ्य, शिक्षा र पुरातात्विक सम्पदाको पुनर्निर्माण सम्बन्धी विषय समेटिएका छन् । भूकम्पपछिको पुनर्निर्माणको लागि भारतले सहयोग गर्ने वचन दिएको क्षेत्रहरु शिक्षा, स्वास्थ्य, संस्कृति तथा सम्पदा र आवासमा सहयोग कार्यान्वयन सम्बन्धी ‘मोडालिटी’ कस्तो हुने भन्ने बारेमा समझदारी भएको हो ।

 यस्तै मोची पुल पुनर्निर्माण, लागूऔषध नियन्त्रण, नापतौल र नेपाल र भारतका चार्टर एकाउन्टेन्ट्स सम्बन्धी संस्थाबीचको समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ । त्यसअघि प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्रमोदीबीच हैदरावाद हाउसमा करिब ३० मिनेट ‘वान टू वान’ वार्ता भएको थियो। त्यसपश्चात दुई देशका प्रतिनिधिमण्डलबीच वार्ता भएको थियो।

त्यसैगरी अन्य चारवटामा मेची नदीमा पुल निर्माण, चार्टर्ड एकाउन्टेन्टहरु सम्बन्धी स‌ंस्थाहरुकाे समन्वय, नेपाल र भारतका उत्पादनहरुको निर्यात सम्बन्धी मापदण्ड निर्धारण व्यूरो बनाउने र अवैध लागु औषध नियन्त्रण गर्ने सम्बन्धमा संयन्त्र निर्माण गर्ने सम्बन्धी समझदारी रहेको छ ।
 
 बिहीबार बिहान साढे १० बजे प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजसंगको भेटपछि नेपाली र भारतीय पक्षबीचको औपचारिक भेटावार्ता सुरु भएको थियो । ११ बजेदेखि १२ बजेसम्म करिव एक घण्टा प्रधानमन्त्री देउवा र मोदीबीच एक्ला एक्लै भेटवार्ता भएको थियो भने त्यसपछि करिव साढे १ बजेसम्म करिव डेढ घण्टा प्रधानमन्त्रीहरुको नेतृत्वमा दुई पक्षीय भ्रमण दलको औपचारिक बैठक भएको थियो । 

वार्ताका क्रममा नेपाली पक्षमा प्रधानमन्त्री देउवासंगै उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत थिएभने भारतीय पक्षमा प्रधानमन्त्री मोदीसंगै विदेशमन्त्री सुष्मा स्वराज, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवल लगायतका सहभागिता रहेको थियो ।
 
प्रधानमन्त्री देउवा र मोदीबीच बुधबार दिउँसो पनि ‘आकस्मिक’ भेटवार्ता भएको थियो । भेटपछि भारतीय प्रधानमन्त्री मोदीले बिहीबार बिस्तृतमा छलफल हुने आफ्नो ट्वीटरमा उल्लेख गरेका थिए । 

नेपाल र भारतबीच के के विषयमा समझदारी भए ?

स्रोत : भारतीय विदेश मन्त्रालयको ट्वीटरबाट

प्रतिक्रिया दिनुहोस्