यो कस्तो फेशन सो ?
![](https://karobaraja.com/wp-content/uploads/2017/08/hindu-ko-beijet.jpg)
दस्तावेज संवाददाता भाद्र ८ गते बिहीबार २०७४ –अस्ट्रेलियामा भइरहेको एक फेशन सो मा हिन्दु धर्मको अपमान गर्ने उद्देश्यले एक मोडलले गुप्ताङ्ग छोप्ने गरी देवी महालक्ष्मीको चित्र अंकित लुगा लगाएर प्रदर्शन गरेपछि हिन्दुवादी सङ्गठनले व्यापक विरोध गरेका छन् । आफ्नो धर्मको अपमान गरेको भन्दै भारतको बनारसमा विरोध जुलुस निकालिएको छ भने अन्य स्थानमा रहेका हिन्दुधर्मालम्बीले सामाजिक सञ्जाल मार्फत उक्त घटनाको विरोध गरेका छन् ।