Logo

चर्चित नायक बिक्रान्त बस्नेतलाई ‘बेष्ट डायस्पोरा नायक अवार्ड – २०१७’ बाट सम्मानित

डेनभर कोलोराडो, भाद्र ८ गते बिहीबार, २०७४ – राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चार जगत, पत्रपत्रिका र अनलाइन मिडियामा अत्यधिक चर्चा परिचर्चामा आएको “दोस्रो खुम्बु खोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड – २०१७” को कार्यक्रम भाद्र ३ गते शनिवारका दिन एक समारोहका बिच कोलोराडोको डेनभर सहरमा भब्यताकासाथ सम्पन्न गरियो । कार्यक्रमको प्रमुख अतिथिमा नेपालका लागि पूर्व अमेरिकी राजदूत श्री स्कट एच डेलिसी र नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत ऋषि ढकालको गरिमामय उपस्थिति रहेको उक्त अवार्ड कार्यक्रममा नेपाल लगायत अन्य मुलुकबाट आमन्त्रित कलाकारहरुलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो ।

 

उक्त अवार्ड कार्यक्रममा नेपाली सिने जगतका चर्चित नायक बिक्रान्त बस्नेतलले ‘बेष्ट डायस्पोरा नायक अवार्ड – २०१७’को उपाधि पाउन सफल हुनुभएको छ । बिक्रान्त बस्नेत नेपाली सिनेमाका दर्शकहरुका लागी कुनै नौलो नाम होइन । उहाँले विगतमा धेरै चलचित्रहरुमा काम गरिसक्नुभएको छ । दीपक रायमाझीद्दारा निर्देशित चलचित्र बज्रपात,शोभित बस्नेतद्दारा निर्देशित चलचित्र “मिसन लभ इन सिक्किम” र “बारुद’,

उकेष दाहालद्दारा निर्देशित चलचित्र “पल पलमा”,मदन घिमिरेद्दारा निर्देशित चलचित्र “मिस्टर डन” र सुमित्रा श्रेष्ठद्दारा निर्देशित चलचित्र “प्रेम युद्ध” लगायत दर्जनौं सुपरहिट चलचित्रहरुमा लगभग काम गरिसक्नुभएको छ । यसका साथै नेपाल टेलिभिजन मार्फत नब्बे भागमा प्रसारित भएको ‘किनारा’नामक टेलिसिरियलमा उहाँले अत्यन्तै मनछुने अभिनय गरी दर्शकहरुबाट अत्यधिक वाहवाही बटुल्नुभएको थियो ।

बि.सं २०६० सालतिर चलचित्र क्षेत्रमा प्रवेश गर्नुभएका कलाकार बिक्रान्त बस्नेत कहीँ न कहीँ कुनै न कुनै ठाउँमा अनबरत रूपमा लागी परेका नेपाली समाजका एक प्रखर र जोशिला युवा कलाकार हुनुहुन्छ । कोलोराडोमा आयोजित दोस्रो ग्लोबल नेपाली फिल्म अवार्ड –२०१७ मा आयोजित कार्यक्रममा उक्त अवार्ड पाएकोमा आफू निकै गौरवान्वित भएको एवं चलचित्र क्षेत्रको लागी अझ बढी जिम्मेवारी थपिएको बताउँदै भविष्यमा नेपाली चलचित्र क्षेत्रमा क्रियाशील रूपले लागिपर्ने उहाँले बताउनुभयो ।

विगतमा जसरी मेरा आदरणीय दर्शकहरुबाट मैले प्रशस्त माया र हौसला पाएको थिएँ अबपनि आगामी चलचित्र ‘भैरे’मार्फत अझै बढी नेपाली सिनेमाका दर्शकको माया भरोसा र उत्साह पाउने कुरामा म आशाबादी छु, र अबका आगामी दिनहरूमा सम्पूर्ण रूपमा मेरो कला, सीप, जोस ,र जाँगर सबै देशको लागि नै अर्पण गर्नेछु भन्दै आफ्नै देशको लागि पसिना बगाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

दोस्रो खुम्बु खोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड–२०१७”उपाधिबाट निम्न व्यक्तिहरू,कलाकार तथा नायक,नायिका,चलचित्र

निर्माता,निर्देशक,गायक,पत्रकार,साहित्यकार,लेखक,हाँस्यकलाकार तथा बुद्दिजिवीबर्गहरु सम्मानित हुनुभएको छ ।

१) चलचित्र निर्देशक श्री एभरेष्ट सूर्य बोहरा, ‘बेष्ट डायस्पोरा चलचित्र निर्देशक अवार्ड -२०१७’

२) नायक बिक्रान्त बस्नेत, ‘बेष्ट डायस्पोरा नायक अवार्ड – २०१७’

३) रबिन कार्की ‘रायन’,’बेष्ट डायस्पोरा चलचित्र बितरक अवार्ड – २०१७’

४) मनिष श्रेष्ठ ,’विशेष चलचित्र जुरी अवार्ड – २०१७ चलचित्र, “तुयुमती’

५) उत्कृष्ट चलचित्र अवार्ड ‘छक्का पन्जा – २०१७ ‘

६) दीपाश्री निरौला,उत्कृष्ट निर्देशक अवार्ड – २०१७, चलचित्र ‘छक्का पन्जा’

७) नायक अनमोल के.सी. , उत्कृष्ट नायक अवार्ड – २०१७

८) नायिका केकी अधिकारी ,उत्कृष्ट नायिका अवार्ड – २०१७

९) वरिष्ठ कलाकार टीका पहारी, लाइफ टाइम एचिभमेण्ट अवार्ड – २०१७

१०) नायक अर्जुनजंग शाही, एचिभमेण्ट अवार्ड – २०१७

११) सुवर्ण क्षेत्री, एचिभमेण्ट अवार्ड – २०१७

१२) जितु नेपाल ‘मुन्द्रे’ ‘बेष्ट कोएक्टर अवार्ड – २०१७ , चलचित्र छक्का पन्जा

१३) नायिका युना उप्रेती, बेष्ट डायस्पोरा नायिका अवार्ड – २०१७

१४ ) लेखक,पत्रकार, साहित्यकार तथा सम्पादक, दस्ताबेज डट कम,श्री दीपशिखा शर्मा,सम्मानपत्रद्धारा सम्मानित – २०१७

१५) वरिष्ठ गायक एम बराललाई उत्कृष्ट गायकको रूपमा सम्मानपत्र प्रदान – २०१७

१६) उत्साही नव निर्माता प्रेम प्रसाद पौडेल र देवीमायाँ अधिकारीलाई सम्मानपत्रद्धारा सम्मानित – २०१७

१७) नायक रवीन्द्र खड्का, कलाकार मुकुन्द किशोर भट्टराई, चलचित्र निर्देशक तथा लेखक राजेन्द्र शलभ , निर्देशक नारायण पुरी,

गायिका निलम श्रेष्ठ, फोटोग्राफर राजीब श्रेष्ठ र कलाकार कृष्ण मुरारी ढुंगेल – स्पेशल अवार्ड – २०१७ बाट सम्मानित हुनुभएको थियो।

होटेल क्राउन प्लाजामा करिब ४ घण्टा चलेको अवार्ड समारोहमा हलिउडका निर्माता थोमस वि फोरको समेत विशेष उपस्थिति रहेको थियो । गायक शिव परियार, गायक एम बराल, वरिष्ठ नायक कृष्ण मल्ल, नायिका शर्मिला मल्ल, कलाकार तथा निर्माता मधु कुमार श्रेष्ठ, सुपरस्टार भुवन के.सी, सुनिल थापा, अर्जुनजंग शाही, रवीन्द्र खड्का, टीका पहारी, अनमोल केसी, दीपाश्री निरौला, केकी अधिकारी, केदार घिमिरे ‘माग्नेबुढा’, जितु नेपाल ‘मुन्द्रे’हास्य कलाकार नारायण त्रिपाठी,चलचित्र निर्देशक नारायण पुरी,राम शेखर बोगटी,पूरन जोशी,अम्बिका शर्मा,रमेश बुढाथोकी,आकाश अधिकारी, नवल खड्का,गायिका सत्य कला राई,भुटानिज अग्रज गायक प्रताप सुब्बा, चलचित्र विकास बोर्डबाट आनन्द घिमिरे, राजु बजाज, वासिङ्टन स्टेटका एसिया/अमेरिकन मामिलाका कमिश्नर मोहन गुरुङ समेत सहभागी हुनुभएको थियो ।

यसका साथै सिने निर्माता/निर्देशक एभरेष्ट सूर्य बोहरा,विल्सन विक्रम राई,सुरेश दर्पण पोखरेल,सीमा जोशी,युना उप्रेती,बिनिता बराल,बिक्रान्त बस्नेत,मुकेश आचार्य,सरोज के.सी.,नीरज बराल,लौरा जो भोन सेग्गेर्न,राजीव श्रेष्ठ,सबुश्री तिवारी,विदुर सूवर्ण क्षेत्री,शिशिर श्रेष्ठ,हरि उप्रेती,नरमान राई,मुकुन्द किशोर भट्टराई,अमिर अलि मकनोजिया,रविन कार्की (रायन),नवीन के.सी.,

गायक शिव परियार,प्रतिष्ठा प्रसाई,एम बराल,विधान कार्की,किरण खनाल,रोशनी श्रेष्ठ,दान बहादुर श्रेष्ठ,मनिष श्रेष्ठ,श्याम श्रेष्ठ,दिनेश दर्शनधारी,मिलन सापकोटा,प्रेम गुरुङ,उदय सुब्बा,प्रताप सुब्बा,कविता खड्का,निलम श्रेष्ठ,साहारा कार्की ,निक्की पाण्डे,विदुर पाठक,कुमारी लामा,पेम्बा डोमा शेर्पा,प्रसिद्ध अर्याल,उज्वल अर्याल,प्रेम पौडेल,सुवर्ण लामा, कृष्णराज काफ्ले,रोशन के.सी.तथा बेल्जियमबाट श्याम श्रेष्ठ लगायतका कलाकारहरू अवार्ड समारोहमा सहभागी हुनुभएको थियो ।

कार्यक्रम आयोजक “दोस्रो खुम्बु खोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड – २०१७” का संस्थापक अध्यक्ष नवराज श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको थियो । ग्लोबल नेपाली फिल्म अवार्ड अध्यक्ष नवराज श्रेष्ठले नेपाली सिनेमालाई गाउँबाट विश्वबजारमा पुर्‍याउने र बजार विस्तार गर्ने मुख्य उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । ‘हामी अहिले वास्तविक नेपाली सिनेमा बनाउन थालेका छौ,’ श्रेष्ठले भन्नुभयो ‘हामी विश्व सिनेमा बजारमा हाम्रो आफ्नो उपस्थिति खोजी रहेका छौँ यही खोजीको एउटा स्वरूप यो फिल्म अवार्ड समारोह पनि हो ।’

 दोस्रो संस्करण भए पनि कार्यक्रमको संयोजन र प्रस्तुतिमा परिपक्कताको कमी रहेको महसुस सहभागीहरूले गरेका थिए । फितलो प्रस्तुति हुँदा कार्यक्रम मनोरञ्जनात्मक बन्न सकेको थिएन । कार्यक्रमको अन्तमा संयोजक शैलेश पोखरेलले कार्यक्रममा उपस्थित सम्पूर्ण वरिष्ठ कलाकारहरुलाई हार्दिक कृतज्ञता प्रकट गर्दै उक्त समारोहको समापन गर्नुभएको थियो ।

यसै कार्यक्रम अन्तर्गत नेपालमा गएको बाढी पहिरोबाट प्रभावितहरुको सहयोगार्थ कार्यक्रममा सहभागिहरुको तर्फबाट ५,४१४ डलर राहत सहयोग सङ्कलन भएको थियो । संकलित रकम ग्लोबल नेपाली फिल्म अवार्डको तर्फबाट चलचित्र कलाकार सङ्घ मार्फत नेपालमा पठाइने जानकारी संयोजक पोखरेलले जानकारी गराउनुभयो । कार्यक्रमको सञ्चालन राजेन्द्र शलभ , सुरेश दर्पण पोखरेल, निक्की पाण्डे तथा विधान कार्कीले गर्नुभएको थियो ।

   Deepshikha Sharma

[email protected]

प्रतिक्रिया दिनुहोस्