Logo

भारतको सर्वोच्च अदालतद्दारा ‘ट्रिपल तलाक’ भनिने तत्काल सम्बन्धविच्छेद गर्ने चलन असंवैधानिक भएको फैसला

स्तावेज , भाद्र,६ गते मंगलबार,२०७४, काठमाडौँ  – महिला अधिकारवादीहरुलाई एक महत्वपूर्ण विजय दिलाउने गरि भारतको सर्वोच्च अदालतले मुसलमान समुदायमा रहेको ‘ट्रिपल तलाक’ भनिने तत्काल सम्बन्धविच्छेद गर्ने चलन असंवैधानिक भएको फैसला गरेको छ।अदालतले ३-२ को बहुमतको फैसलामा सो चलनलाई गैर इस्लामिक भनेको छ।

उक्त चलन बमोजिम मुसलमान पुरुषले आफ्ना श्रीमतीलाई केवल तीन चोटी तलाक भनेको भरमा सम्बन्ध विच्छेद गर्न पाउँथ । उक्त चलन पाकिस्तान र बाँग्लादेशमा प्रतिबन्धित थिए भने भारतमा जारी थियो । मुसलमान समुदायका महिलाहरुले श्रीमानले पत्र, टेलिफोन र अझ अहिले आएर व्हाट्स एप वा स्काइप जस्ता माध्यममार्फत ‘ट्रिपल तलाक’ दिएका कारण उनीहरु अलपत्र पर्ने गरेको बताउँदै आएका थिए ।

यस्तै चलनका कारण सम्बन्धविच्छेद हुन वाध्य भएका पाँचजना मुसलमान महिला तथा दुईवटा अधिकार समूहले दायर गरेको मुद्दामा फैसला दिंदै अदालतले सो चलनलाई अवैधानिक घोषणा गरेको हो । महिला अधिकारवादीहरुले अदालतको फैसलालाई ऐतिहासिक जित भन्दै स्वागत गरेका छन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्