Logo

अमेरिकामा ग्रहण सकियो – ज्योतिषशास्त्रका अनुसार अमेरिका लगायत सबै राशिका लागि नराम्रो प्रभाव पर्न सक्ने

 दस्तावेज अर्जेन्टिना,अमेरिका- अमेरिकामा सूर्य ग्रहण सकिएको छ । वासिंटन राज्यबाट ग्रहण प्रवेश गरी अमेरिकाको मुख्य भूभागको बिचबाट बढ्दै साउथ क्यारिलोनामा ग्रहण अमेरिकाबाट समुन्द्री क्षेत्रमा प्रवेश गरेको हो । नेपाल भारत लगायतमा पनि ग्रहण लाग्ने छ । तर, त्यहाँ राती भएकाले यो देखिने छैन । 
 
सूर्यको बिचमा चन्द्रमा आउँदा अमेरिकका कयौँ स्थानमा सूर्य छेकिएको थियो । यसले दिउसो करिब साढे दुई मिनेट रातीजस्तो भएको थियो । पूर्ण ग्रहणको मार्गमा पुगेर लाखौँले ग्रहणलाई हेरेका थिए । अमेरिकामा कयौँ संचारमाध्यमले यसलाई प्रत्यक्ष प्रसारण गरेका थिए । पूर्ण ग्रहणको मार्ग बाहेक अन्य स्थानमा पनि घाम मधुरो भएको थियो । ग्रहण क्षेत्रमा तापमान एकाएक घटेको थियो । 
 
 यो ग्रहणको ज्योषित असर पनि छ । यसले अमेरिकालाई युद्ध तर्फ धकेल्न सक्ने ज्योतिषहरुले बताएका छन् । ज्योतिषशास्त्र अनुसार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको सिंह लगन कुण्डलीमा बसेको हुदां मंगलको प्रभावले उनले युद्धको निर्णय लिन प्रेरित हुन सक्छन् । 
 
अमेरिका अहिलेपनि उत्तर कोरियासंगको सम्बद्धले उलझनमा छ । उत्तर कोरियाले अमेरिका माथि आक्रमण गर्न सक्ने चेतावनी दिइरहेको छ । संयोग सोमवार साँझ नै राष्ट्रपति ट्रम्पले विशेष सम्बोधन गर्दैछन् । शेयरबजारमा ग्रहणको प्रभावले मन्दी आउने सकने सुनको मूल्य बढ्ने ज्योतिषशास्त्रको मान्यता छ । 
 
व्यक्तिगत रूपमा १२ वटै राशिका लाई यो ग्रहणबाट प्रतिकुल असर पर्ने छ । धन नाश, सम्बन्धमा समस्या, अनावश्यक विवाद जस्ता जोखिम यो ग्रहणको प्रभावले आउन सक्ने ज्योतिषशास्त्रको मान्यता छ ।
 साभार हिमालय खबर
प्रतिक्रिया दिनुहोस्